Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १२ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारजेनजी आन्दोलनका हत्यारा र हाइज्याकरलाई बहिष्कार गर्न प्रभु साहको अपिल

    जेनजी आन्दोलनका हत्यारा र हाइज्याकरलाई बहिष्कार गर्न प्रभु साहको अपिल


    रौतहट, २५ माघ आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं रौतहट–३ का उम्मेदवार प्रभु साहले भ्रष्टाचारी, लुटेरा, ठगहरु विभिन्न भेषमा घुमिरहेको बताउदै त्यस्तालाई आम जनताले बहिष्कार गर्ने विश्वास व्यक्त गरेका छन् ।

    चुनावी भेटघाट एवं छलफलका क्रममा रौतहटको धरहरीमा आज आयोजित चुनावी विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका हत्यारा र हाइज्याकरहरुलाई समेत बहिष्कार गर्नुपर्ने बताए ।

    ‘यो निर्वाचन नक्कली र असली बीचको प्रतिस्पर्धा हो । यहाँ कतिपय ठग, लुटेरा, भ्रष्टाचारीहरु समेत विभिन्न भेषमा आइरहेकाले त्यस्तालाई आम जनताले बहिष्कार गर्नेमा म विश्वस्त छु,’ आजपा अध्यक्ष साहले भने, ‘हालै भएको जेनजी आन्दोलनका हत्यारा र हाइज्याकरहरु समेत उम्मेदवारको रुपमा आइरहेका छन् । देश बनाउने र देश लुटने बीचको प्रतिस्पर्धा भएकाले सबैले मोवाइल छापमै मतदान गरेर राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र जोगाउन आवश्यक छ ।’

    मुलुकको राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र गम्भिर संकटमा रहेको बताउदै उनले मुलुक बनाउन खोज्ने, नेपाल र नेपालीको समस्या समाधन गरेर मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउदै नेपालको अर्थतन्त्र जोगाउन खोज्ने आम जनता पार्टीका उम्मेदवारलाई मोवाइल छापमा मतदान गर्नुपर्ने अपिल उनले गरे ।

    नेपाल र नेपाली टाउँकोमा २८ खर्बभन्दा बढी ऋण बोकाउने, मुुलुकलाई आर्थिक संकटमा धकेल्नेहरु समेत उम्मेदवारको भेषमा जनताका बीचमा पुगिरहेकाले त्यस्ता पार्टी र उम्मेदवारलाई किन मतदान गर्ने भन्ने प्रश्न गर्न समेत उनले आग्रह गरे ।

    तराई मधेसको समस्या समाधान गर्न नचाहने, किसानको समस्या नबुझने, जसको कारण मधेस मानव विकास सूचांकमा पछाडी परेको हो त्यस्तालाई मतदान गरेर आफ्नो सन्तानको भविष्य नबिगार्न अपिल गर्दै आम नेपालीको हकहित, अधिकारका लागि संघर्ष गर्दै आएको आम जनता पार्टीका उम्मेदवारलाई मतदान गर्नुपर्ने आजपा अध्यक्ष साहले बताए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नीति तथा कार्यक्रम शतप्रतिशत कार्यान्वयन गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले चालु आर्थिक वर्षका लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा प्रभावकारी

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    Techie IT