Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २७ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचार७७ वटै जिल्ला पूर्ण खोपयुक्त घोषणा

    ७७ वटै जिल्ला पूर्ण खोपयुक्त घोषणा


    काठमाडौं।देशभरका ७७ वटै जिल्ला पूर्ण खोपयुक्त घोषणा भएका छन्।आज नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्ला पूर्ण खोप जिल्ला घोषणा भए सँगै ७७ जिल्ला पूर्ण खोप घोषणा भएको हो।परिवार कल्यणा महाशाखा खोप शाखा प्रमुख डा. अभियान गौतमले ७७ जिल्लाका २ बर्ष मुनिका सबै बालबालिकाले खोप पाएको सुनिश्चित भएको बताए।

    ‘चालु आर्थिक बर्षमा नै सबै जिल्ला पूर्ण खोप जिल्ला घोषणा भएको छ, एकै आर्थिक बर्षमा सबै जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्न सफल भयौँ,’ उनले भने ‘सबै बालबालिकाले खोप पाएको सुनिश्चित गर्न सफल भयौँ।’

    एक दशकअघि अछाम जिल्लाबाट पूर्ण खोप जिल्ला अभियान घोषणा भएको थियो। शिशु जन्मिएदेखि १५ महिनासम्म सबै खोप लगाएका बालबालिकाको संख्यालाई हेरेर पूर्ण खोप जिल्ला घोषणा गर्ने गरिएको छ।

    डा. गौतमका अनुसार मधेस प्रदेश मात्र हालसम्म पूर्ण खोप प्रदेश घोषणा भएको छ। उनले भने -‘६ वटा प्रदेश पूर्ण खोप प्रदेश हुन बाकीँ छ, अहिले जिल्लालाई घोषणा गरेका छौँ, अब थप अनुगमन गरेर प्रदेश पनि घोषणा गछौँ।’

    सरकारले शिशु जन्मिएदेखि १५ महिनासम्म विभिन्न रोगविरुद्धको खोप निशुल्क लगाउँदै आएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि सबैजसो तयारीको काम सकियो

    भक्तपुर । नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनको उद्घाटनका लागि मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।एमालेले ११औँ

    ललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस

    ललितपुर/ २६ मंसिर, नेपाली कांग्रेस ललितपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ १० गते हुने राष्ट्रिय

    बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त

    ललितपुर/ २६ मंसिर, ललितपुरको गाेदावरी नगरपालिका वडा नं. ११ स्थित बज्रबाराही मन्दिरमा हरेक पूर्णिमामा दिनभर हुने  भजनका लागि विभिन्न भक्तजनबाट

    नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला हुने

    मलेखु । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि

    ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

    काठमाडौं । कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा लिखित नयाँ कविता कृति ‘अक्षरहरूको क्यानभास’ बिहीबार सार्वजनिक गरिएको छ ।२०८२ मंसिर

    पुष १ देखि बाघको गणना शुरु हुने

    चितवन ।आउँदो पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ।चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न

    Techie IT