काठमाडौं। देशका ७४ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ ।पछिल्लो एक सातामा १६० जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, झन्डै आठ महिनामा दुईहजार ७२० जनामा डेंगी संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।महाशाखाा अनुसार सबैभन्दा बढी गण्डकीमा ७९७ जनामा डेंगी पुष्टि भएको छ ।
त्यसपछि वाग्मतीमा ५६८ जनामा, कोसीमा ४७९, लुम्बिनीमा ४३४, सुदूरपश्चिममा ३२७, कर्णालीमा ६६ र सबैभन्दा कम मधेस प्रदेशमा ४९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कतिपय स्थानमा निरन्तर वर्षा भइरहेकाले डेंगी संक्रमण बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले घरवरिपरि जमेका खाल्डाखुल्डी पुर्न, पानी जम्न नदिन तथा लामखुट्टे बस्ने ठाउँ नष्ट गर्न आग्रह गरेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ३ कप्तानगञ्जसहित तराईका जिल्लामा देखिएको तनावप्रति उद्योग वाणिज्य महासंघको चिन्ता, शान्ति कायम गर्न आग्रह
- ४ त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले पायो पूर्णता, चार सदस्य नियुक्त
- ५ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ६ राष्ट्रपतिद्वारा प्रधानमन्त्री शाहलाई शान्ति, सद्भाव र संयम कायम गर्न आग्रह
- ७ संघीय संसदका तीन समितिको आज बैठक, चिकित्सा शिक्षा ऐन कार्यान्वयनदेखि वार्षिक कार्ययोजनासम्म छलफल

तपाईको प्रतिक्रिया दिनुहोस