५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय
काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् ।बुधबार शपथ ग्रहणपछि बालुवाटारस्थित राष्ट्र बैंक पुगेका उनले ५०० र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने पहिलो निर्णयमा हस्ताक्षर गरे । पदबहाली लगत्तै उनले यस्तो निर्णय गरेका हुन् ।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग बोल्दै गभर्नर पौडेलले मौद्रिक नीति र सरकारको वित्त नीतिबीचको सम्बन्धबारे स्पष्ट धारणा राखे । उनका अनुसार, मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक नभएर स्वतन्त्र नीति हो । तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिबाट अवरोध भएमा त्यसमा आवश्यक परिमार्जन गरिने उनले बताए ।
बैंक तथा वित्तीय संस्थामा रहेको नागरिकको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधारलाई पनि राष्ट्र बैंकले प्राथमिकतामा राख्ने उनले बताए । त्यस्तै, राष्ट्र बैंकले विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरेर मात्रै निर्णय लिने उनको भनाइ छ ।
त्यस्तै उपयुक्त कर्जा नीति ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । सबैसँग छलफल र परामर्श गरेर मात्रै मौद्रिक नीति ल्याइने उनले बताए । त्यस्तै, राष्ट्र बैंकले विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरेर मात्रै निर्णय लिने उनको भनाइ छ ।मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि सबैसँग समन्वय गरेरै आफू अघि बढ्ने उनले बताए । पौडेलले बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा आन्तरिक विषय भएको उल्लेख गरे ।
सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ३ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ४ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ५ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ६ सर्वपक्षीय बैठक बस्दै
- ७ एनपीएलको प्लेअफमा पुगे यी चार टिम, चार बाहिरिए

तपाईको प्रतिक्रिया दिनुहोस