५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
काठमाडौँ । आज नेप्सेमा वृद्धि भएको छ । मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा पुगेर रोकिएको छ ।आज ३२८ कम्पनिका १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा वृद्धि भएको छ ।
यद्यपी, अघिल्लो कारोबार दिन ९ अर्ब रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको थियो । आज ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन् । जसमा सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी, एशियन हाइड्रो र हिम स्टार उर्जा रहेका छन् ।
आज नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको ३८ करोड ६८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स ९.०८ अंकले बढेको छ । फ्लोट इन्डेक्स ३.९० अंकले बढेको छभने सेन्सेटिभ फ्लोट इन्डेक्स ३.०१ अंकले बढेको छ ।
यस दिन कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ ।निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्द बढी बढेको छ । तयसैगरी, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ कस्तो थियो २०७९ को निर्वाचनमा समानुपातिक तर्फ दलहरुले पाएको मत ?
- २ आजदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै
- ३ १२ कक्षाको परीक्षाको मिति तय
- ४ आजपा बारा–१ का उम्मेदवार विजय यादवको चुनाबी प्रतिबद्धता पत्र सार्वजनिक
- ५ मधानी महायज्ञ आजदेखी सुरु : भगवान शिवपार्वतीको बरात यात्रा सम्पन्न
- ६ रुपन्देहीमा आजपा उम्मेदवारको घरदैलो कार्यक्रम तिब्र, मोबाइलमा मतदान गर्न अपिल
- ७ टी- २० विश्वकपमा आज नेपालले इटलीसँग खेल्दै

तपाईको प्रतिक्रिया दिनुहोस