Techie IT
  • The Film Nepal
  • २०८२ चैत्र १ आईतवार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्र५० अंक बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार

    ५० अंक बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार


    काठमाडौँ । नेप्सेमा आज हरियाली छाएको छ । सोमबार नेप्से ५०.४४ अंकले बढेर २५५०.६६ विन्दुमा पुगेर रोकिएको छ ।त्यस्तै कारोबार रकम पनि बढेको छ । आइतबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । अघिल्लो दिन ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोडको भयो । कारोबार सुरु भएदेखि दिनभर बजार हरियो रह्यो ।

    त्यस्तै, यस दिन सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ८ प्रतिशत बढेको छ । कारोबारमा आएको माबिलुङ्ग इनर्जीको शेयरमूल्य यस दिन सबैभन्दा बढी ४.४४ प्रतिशत घटेको छ । यस दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएको छ ।

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.९४ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

     काठमाडौं |  श्रम संस्कृति पार्टीले ४ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । धरानमा आज बसेको पार्टीको केन्द्रीय समिति

    एमाले अध्यक्ष ओली भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

    काठमाडौं, १ चैत्र । प्रधानमन्त्री सुशीला कार्कीले एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादप्रति समबेदना प्रकट गरेकी छिन् । पितृ

    साम्पाङको दलबाट सिफारिस भए समानुपातिक सांसद

    काठमाडौंँ | श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सांसद छानेको छ । राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ३

    ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

    काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।

    केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, उपल्लो वायुमण्डलको उच्च चापीय प्रणाली तथा पूर्वी क्षेत्रमा

    पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्षओलीलाई पितृ शोक

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । ओलीका पिता मोहनप्रसादको ९७ वर्षको

    Techie IT