Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २९ शुक्रबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्र४४ अंक बढ्यो नेप्से, घट्यो कारोबार

    ४४ अंक बढ्यो नेप्से, घट्यो कारोबार


     काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै समूहगत सूचक बढेका छन् ।नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दनिको तुलनामा केहि घटेको देखिएको छ । आईतबार नेप्से परिसुचक ७८ दशमलव ८३ अंक घटेर नेप्से परिसूचक अन्तिममा २ हजार ५०३ दशमलव ३५ विन्दुमा बन्द भएको थियो । आईतबारको कारोबारमा ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँभन्दा बढीको १ करोड ४३ लाख ६४ हजारभन्दा बढी शेयर कारोबार भएकोमा आज भने कुल ३३० स्टकको ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार ५४५ रुपैयाँ बराबरको ९९ लाख ४ हजार ८७४ कित्ता शेयर कारोबार भएको छ ।

    अन्य समूह सबैभन्दा धेरै ५.०१ प्रतिशत बढ्यो । बैंकिङ ०.२८, विकास बैंक १.४१, फाइनान्स १.०२, होटल तथा पर्यटन ३.३५, हाइड्रोपावर २.१०, लगानी २.२७, जीवन बीमा १.९२, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.४४ तथा व्यापार समूह २.८१ प्रतिशत बढे ।

    त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३१ करोड ९१ लाख बराबरको कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्स कम्पनिको २६  करोड ४७ लाख बराबरको कारोबार भएको छ ।समग्रमा बजार बढेको दिन कर्पाेरेट विकास बैंकको शेयर भने सबैभन्दा धेरै ५ दशमलव २६ प्रतिशतले घटेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ‘नेपालकै आम्दानीले देश बनाउने गरी बजेट ल्याएका छौँ’ : अर्थमन्त्री…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देश विकास गर्ने लक्ष्यसहित सरकारले नयाँ बजेट ल्याएको बताएका छन् ।

    बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको

    मधेसमा विद्युत् प्रसारण र सबस्टेसन निर्माण तीव्र, औद्योगिक क्षेत्रको आपूर्ति…

    काठमाडौँ । मधेस प्रदेशमा बढ्दो विद्युत् माग र औद्योगिक क्षेत्रको आवश्यकता पूरा गर्न प्रसारण लाइन तथा विद्युत् केन्द्र (सबस्टेसन) निर्माणलाई

    राष्ट्रिय अभिलेखालयका ऐतिहासिक दस्ताबेज संरक्षणमा जोड दिन अर्थमन्त्री वाग्लेको आग्रह

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा सङ्ग्रहित ऐतिहासिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक दस्ताबेजको संरक्षण र प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने

    सुनको मूल्य तोलामा १ हजार २ सयले घट्यो, चाँदी पनि…

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलामा १

    जलेका सरकारी स्रेस्ता व्यवस्थापन गर्न कानुन संशोधन गर्न सरकार तयार…

    काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा २०८२ भदौ २३ र २४ गतेको आन्दोलन तथा त्यसक्रममा जलेका सरकारी स्रेस्ताको व्यवस्थापनबारे छलफल

    Techie IT