Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २५ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचार२४ घण्टामा सबैभन्दा ठूलो वर्षा सिन्धुपाल्चोकमा

    २४ घण्टामा सबैभन्दा ठूलो वर्षा सिन्धुपाल्चोकमा


    सिन्धुपाल्चोक । पछिल्लो २४ घण्टामा सबैभन्दा ठूलो वर्षा सिन्धुपाल्चोकमा भएको छ ।  मौसम पूर्वानुमान महाशाखाले सोमबार राति ९ बजे दिएको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकको ढुंगे भन्ने ठाउँमा ‘धेरै भारी’ वर्षा भएको हो।

    महाशाखाको विवरणअनुसार सिन्धुपाल्चोकको ढुंगेमा १७१ मिलिमिटर वर्षा मापन भएको हो । यति ठूलो वर्षा यस अवधिमा देशभर अन्त कतै भएको छैन।  उक्त अवधिमा दोस्रोमा सबैभन्दा ठूलो सर्लाहीको मनुष्मारामा ८६.२ मिलिमिटर वर्षा भएको छ।

    यस्तै रौतहटको गौरमा ६७.८, कैलालीको बालिया ६२.८ तथा कास्कीको लामापाटनमा ५७.२ मिलिमिटर वर्षा भएको मौसम महाशाखाको विवरणमा उल्लेख छ।  मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथि, १०० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई भारी वर्षा भनिन्छ भने सयभन्दा माथि २०० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ।

    यसबाहेक पछिल्लो २४ घण्टामा देशका अन्य स्थानमा हल्कादेखि मध्यमसम्म मात्र वर्षा भएको छ। १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का तथा यसभन्दा माथि ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा भनिन्छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। रास्वपाका सहमहामन्त्री

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

    कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन्। गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंहको शव

    आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम

    काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    Techie IT