२१ सय नाघ्यो सेयर बजार, होटल र उत्पादन क्षेत्रमा आकर्षण
मंगलबार सेयर बजारको परिसूचक नेप्सेले २१ सय अंक नाघेको छ । साउन १५ यता पहिलो पटक बजारले २१ सय अंक नाघेको हो ।
अघिल्लो दिनको तुलनामा नेप्से ४५.९८ अंक बढेर २१०६ अंकमा कायम भएको छ । यस दिन कुल ५ अर्ब ९८ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन ६ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको थियो । कुल १८३ कम्पनीको मूल्य बढ्दा ५३ को घट्यो भने ७ को स्थिर रह्यो ।
यस दिन ११ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बोटलर्स नेपाल, मेरो माइक्रोफाइनान्स, उन्नती सहकार्य लघुवित्त, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट, मिडसोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, बीपीडब्लू लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- २ नेपालमा परेको विपत्तिप्रति माल्दिभ्सको ऐक्यबद्धता, खनाल–आदमबीच फोनवार्ता
- ३ सैनिक पोशाक प्रयोग गरेको विवादमा आएको ‘ग्रिन आर्मी’को दर्ता खारेज
- ४ भोटेकोशी बाढीका कारण २३औँ निजामती सेवा दिवसका कार्यक्रम रद्द
- ५ एसीसी प्रिमियर कप : हङकङ चाइनासँग खेल्दै नेपाल
- ६ जेनजी आन्दोलनको एक वर्ष : आज शहीद दिवस मनाइँदै
- ७ सप्तकोशीको बहाव खतराको तहमा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस