१.६३ प्रतिशतले घट्यो महंगी दर
काठमाडौं । नेपालमा मूल्यवृद्धि दर घटेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) २०८१÷८२ को पहिलो १० महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आवको सोहि अवधिको तुलनामा चालु आर्थिक महँगी दर घटेको पाइएको हो ।
राष्ट्र बैंकले सावर्जनिक गरेको तथ्यांकअनुसार वैशाख मसान्तसम्ममा उपभोक्ता मूल्य वृद्धिदर २.७७ प्रतिशत छ । गत वर्षको वैशाखमा यस्तो मुद्रास्फीति ४.४० प्रतिशत थियो। यस्तै समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत थियो। यस्तै महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ३.४५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मूल्य वृद्धिदर क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको थियो ।
वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक उपभोक्ता मूल्य सूचकाङ्क ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ भने तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.६४ प्रतिशत, तराईको २.६४ प्रतिशत, पहाडको २.६५ प्रतिशत र हिमालको ४.०१ प्रतिशत छ।
अघिल्लो वर्षकोे वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.६८ प्रतिशत रहेकोमा २०८२ वैशाख महिनामा यस्तो मुद्रास्फीति घटेर ३.९५ प्रतिशतमा झरेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ३ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न
- ४ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ५ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ६ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन
- ७ बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त

तपाईको प्रतिक्रिया दिनुहोस