Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १ शुक्रबार

    अपडेट
    गृहपृष्ठराष्ट्रिय१६ सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथ जात्रा आज ‘भोटो जात्रा’सँगै सम्पन्न हुँदै

    १६ सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथ जात्रा आज ‘भोटो जात्रा’सँगै सम्पन्न हुँदै


    काठमाडौँ — उपत्यकाकै सबैभन्दा लामो तथा प्रमुख जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथ रथयात्राअन्तर्गत आज जावलाखेलमा ‘भोटो जात्रा’ मनाइँदै छ। गुठी संस्थानका अनुसार रथका चारै कुनामा उभिएर हीरा, मोती र मणिमाणिक्य जडित भोटो सर्वसाधारणलाई देखाइनेछ। कार्यक्रममा राष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने जनाइएको छ।

    भोटो प्रदर्शनपछि करिब तीन महिनादेखि जारी रथयात्रा औपचारिक रूपमा सम्पन्न हुनेछ। परम्पराअनुसार सोही दिन रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्मती पुर्‍याइन्छ। देवताको रथ छ महिनासम्म बुङ्मतीमा राखिएपछि पुनः साइत हेरी पाटनको मच्छिन्द्रबहाल ल्याइने चलन छ।

    करिब १६ सय वर्षअघि सुरु भएको मानिने मच्छिन्द्रनाथ जात्रा खेतीपाती र सहकालसँग जोडिएको पर्व हो। विसं ५४६ देखि सुरु भएको विश्वास गरिने यो जात्रालाई हिन्दू र बौद्ध धर्मावलम्बीले समान श्रद्धाका साथ मनाउँदै आएका छन्। हिन्दूहरूले मच्छिन्द्रनाथलाई करुणामय सन्तका रूपमा पूजा गर्छन् भने बौद्ध धर्मावलम्बीले उनलाई पद्मपाणि अर्थात् पञ्चबुद्धमध्ये चौथो बुद्धका रूपमा मान्ने गर्छन्।

    किंवदन्तीअनुसार लामो अनिकालपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले वर्षा र सहकालको कामना गर्दै उपत्यकामा रातो मच्छिन्द्रनाथको आराधना सुरु गराएका थिए। जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म सञ्चालन हुन्छ। ३२ हात अग्लो रथलाई बाजागाजासहित ललितपुरका विभिन्न टोलमा परिक्रमा गराइन्छ।

    भोटो जात्राको किंवदन्ती

    भोटो जात्रासँग जोडिएको लोकप्रिय किंवदन्ती अनुसार नागराज कर्कोटककी रानीको आँखाको रोग निको पारेपछि एक किसानले उपहारस्वरूप मणिजडित भोटो पाएका थिए। पछि खेतमा राखिएको उक्त भोटो एक भूतले लगेर गएको बताइन्छ।

    वर्षौँपछि मच्छिन्द्रनाथको जात्रामा भूतले सोही भोटो लगाएर आएपछि किसानले आफ्नो भोटो भएको दाबी गरे। विवाद बढेपछि नागराज कर्कोटकले पनि आफूले किसानलाई दिएको बताए तापनि भूतले स्वीकार नगरेको किंवदन्ती छ। त्यसपछि तत्कालीन राजा वरदेवले प्रमाणसहित उपस्थित हुन आदेश दिँदै भोटो सुरक्षित राख्न लगाए। त्यही घटनाको स्मरणमा आजसम्म “यो कसको भोटो हो ?” भन्दै चारैतर्फ फर्काएर भोटो देखाउने परम्परा कायम रहेको विश्वास गरिन्छ।

    यस वर्षको रथयात्रा

    यस वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख २५ गते पुल्चोकबाट सुरु भएको थियो। रथलाई गाःबहाल, सुन्धारा, लगनखेल हुँदै विभिन्न स्थानमा परिक्रमा गराइएको थियो। लगनखेल पुगेपछि ५५ वर्षीय ञँवाल प्रेम डंगोलले नरिवल खसाल्ने परम्परा निर्वाह गरेका थिए। त्यसको भोलिपल्ट सयौँ महिलाले रथ तानेको ‘याक मिसा भुजा’ पर्व पनि सम्पन्न भएको थियो।

    पछि रथलाई इटिटोल, मानभवन र कुमारीपाटी हुँदै जावलाखेल पुर्‍याइएको थियो, जहाँ आज भोटो जात्रा मनाइँदै छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT