Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २९ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचार१३औं कोरियन एम्बासडर तेक्वान्दो कप सोमबारबाट सुरु

    १३औं कोरियन एम्बासडर तेक्वान्दो कप सोमबारबाट सुरु


     

    हरिशरण तिमिल्सिना

    काठमाडौँ । गणतन्त्र कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा ललितपुरको सादोबाटो स्थित तेक्वान्डो एसोसिएसनको भवनमा १३औं कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिप सोमबारदेखि शुरू भएको छ। पाँच दिनसम्म चल्ने यो अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता नेपालस्थित दक्षिण कोरियाली दूतावासको आर्थिक सहयोग र नेपाल तेक्वान्दो संघको व्यवस्थापनमा सम्पन्न हुँदैछ।

    प्रतियोगिताको उद्घाटन नेपाल खेलकुद परिषद् (राखेप) का अधिकारी तथा नेपालस्थित कोरियाली राजदूत पार्क थे यङले संयुक्त रूपमा गरे। प्रतियोगितामा क्योरोगी र पुम्से गरी कुल १०३ स्वर्ण पदकका लागि करिब १५ सय खेलाडी प्रतिस्पर्धामा उत्रिएका छन्।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत पार्कले तेक्वान्दोलाई कोरियाली सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा र अनुशासन, सम्मान तथा धैर्यका मूल मूल्यले विश्वभरका खेलाडीलाई जोड्ने माध्यम भएको बताए। खेलकुदले नेपाल–कोरिया मित्रतामा थप गहिरो विश्वास पैदा गरेको उल्लेख गर्दै उनले नेपालले तेक्वान्दोमा प्राप्त गरिरहेको अन्तर्राष्ट्रिय सफलताको प्रशंसा गरे।

    राजदूत पार्कले पेरिस २०२४ पारालिम्पिकमा पलेशा गोवर्धनले ऐतिहासिक कास्य पदक जितेको क्षण ‘दुई देशबीचको खेलकुद सहकार्यको गर्विलो उपलब्धि’ भएको उल्लेख गरे।

    त्यस्तै, उद्घाटन समारोहमा बोल्दै निवर्तमान युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले नेपाल र कोरिया बीचको सुमधुर सम्बन्धलाई स्मरण गर्दै तेक्वान्दो मार्फत दुई देशबीचको सहयोगात्मक साझेदारी अझ सुदृढ भइरहेको बताए।

    यो संस्करणको एम्बासडर कपलाई अझ अन्तर्राष्ट्रिय रंग दिने उद्देश्यसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। चार छिमेकी मुलुकको सहभागिताले एम्बासडर कपलाई बहु-देशीय प्रतिस्पर्धात्मक मञ्चका रूपमा विस्तार गर्न मद्दत गरेको आयोजकको भनाइ छ।

    पाँचदिने प्रतियोगिताले नेपालमा तेक्वान्दोको लोकप्रियता, अन्तर्राष्ट्रिय पहुँच र खेलकुद कुटनीतिक सम्बन्ध दुवैलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व : राष्ट्रियसभा अध्यक्ष…

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। संघीय

    प्रेस काउन्सिलविरुद्धकाे रिट खारेज

    काठमाडौँ । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालविरुद्ध माउन्टेन टेलिभिजनले हालेको रिट निवेदन खारेज गरेको छ ।न्यायाधीश सारंगा सुवेदी र शान्तिसिंह थापाको

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण अलपत्र, अस्पताल निर्माणलाई बन्धक…

    पोखरा । कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन

    आजदेखि शुक्र ग्रह अस्त हुँदै

    काठमाडौं । शुक्र ग्रह शनिबार १२ बजेर ५५ मिनेट शुक्र ग्रह पूर्वमा अस्त हुँदैछ।अस्त भएको शुक्र माघ १५ गते बिहीबार रातको

    बढिरहेछ अमेरिकी डलर,आजको विनिमय दर के कस्तो छ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४

    अब नयाँ समझदारी आवश्यक छ : लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक अत्यन्तै विषम परिस्थितिमा रहेको बताएका छन् । नेकपा एमालेको ११औँ महाधिवेशनलाई

    Techie IT