११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले सबैभन्दा बढी डिजेल आयात गरेको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्म एक खर्ब ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको १२ लाख ६४ हजार किलो लिटर डिजेल आयात भएको छ।
विभागका अनुसार सो अवधिमा दोस्रो धेरै आयात हुने वस्तु भटमास तेलको कच्चा पदार्थ रहेको छ। ११ महिनामा एक खर्ब १९ अर्ब ६३ करोड रुपैयाँ बराबरको ७२ करोड ६४ लाख लिटर भटमास तेलको कच्चा पदार्थ आयात गरिएको छ।
त्यसैगरी, पेट्रोल तेस्रो धेरै आयात हुने वस्तु बनेको छ। समीक्षा अवधिमा ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको ६ लाख ८५ हजार किलो लिटर पेट्रोल आयात भएको विभागले जनाएको छ।
यस्तै, ५३ अर्ब ६९ करोड रुपैयाँ बराबरको एक अर्ब २२ करोड ८६ लाख केजी स्पन्ज आइरन आयात भएको छ भने ५२ अर्ब २१ करोड रुपैयाँ बराबरको ४७ करोड ५९ लाख केजी एलपीजी ग्यास आयात गरिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिनामा कुल १८ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा १६ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
- ७ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित

तपाईको प्रतिक्रिया दिनुहोस