१११ अंकले बढ्यो शेयर बजार
काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १११.७० अंकले बढेर २ हजार ६ सय २३.७० बिन्दुमा उक्लेको हो । गत बिहीबार हालसम्मकै उच्च १६० अंक घटेको नेप्सेले आइतबार फेरि वृद्धिको बाटो तर्फ उकालो लागेको हो । आज ३२९ कम्पनिका २ करोड ३२ हजार २२४ कित्ता शेयर ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार ७९ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र नन लाइफ इन्सुरेन्स बाहेक सबै क्षेत्रको शेयरमा वृद्धि भएको छ ।
सबैभन्दा बढी व्यापार समूह आठ दशमलव ६६ प्रतिशतले बढेको छ । बैंकिङ चार दशमलव ५२, विकास बैंक छ दशमलव शून्य सात, वित्त पाँच दशमलव ५४, होटल तथा पर्यटन दुई दशमलव ३३, जलविद्युत् पाँच दशमलव ८३, लगानी सात दशमलव ६८, उत्पादन तथा प्रशोधन चार दशमलव ८५, लघुवित्त तीन दशमलव ६९ र अन्य समूह एक दशमलव ५३ प्रतिशतले बढेको छ । आजको कारोबारमा १३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।आज सिद्धार्थ प्रिमियर इन्सुरेन्सको सबैभन्दा बढी ७.६४ प्रतिशतले गिरावट आएको छ ।
त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ८३ करोड १३ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको ४८ करोड २६ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।त्यसपछि १२ बजेर ३ मिनेटमा खुलेको बजार १२ बजेर ६ मिनेट जाँदा फेरी नेप्से १ प्रतिशतले घटेको थियो । जसले गर्दा उक्त दिन बजारमा कुल ६ मिनेटजति मात्रै कारोबार भएको थियो । उक्त दिन नेप्से १६०.३३ अंकले घटेर २५११.९१ बिन्दुमा झरेको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस
- २ बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त
- ३ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न
- ४ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- ५ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ६ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ७ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

तपाईको प्रतिक्रिया दिनुहोस