Techie IT
  • The Film Nepal
  • २०८३ असार २६ शुक्रबार

    अपडेट
    गृहपृष्ठविश्वह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु

    ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु


    काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय (सिक्रेट सर्विस) को जवाफी कारबाहीमा मारिएका छन् ।

    स्थानीय समय अनुसार शनिबार साँझ करिब ६ बजे ह्वाइट हाउस नजिकैको १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ ।अमेरिकी सिक्रेट सर्भिसका अनुसारएक व्यक्तिले आफ्नो झोलाबाट बन्दुक निकालेर सुरक्षाकर्मीमाथि गोली चलाएका थिए।

    लगत्तै सुरक्षाकर्मीहरूले जवाफी फायर गर्दै ती व्यक्तिलाई गोली हानेका थिए। जवाफी कारबाहीमा गोली हानेपछि उनको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।अमेरिकी सिक्रेट सर्विसले जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार, ती व्यक्तिले अचानक आफ्नो झोलाबाट हतियार निकालेर जथाभाबी गोली चलाउन सुरु गरेका थिए । ड्युटीमा रहेका सिक्रेट सर्विसका प्रहरी एजेन्टहरूले तुरुन्तै जवाफी कारबाही गर्दै संदिग्धमाथि गोली चलाएका थिए । गोली लागेर गम्भीर घाइते भएका ती बन्दुकधारीलाई तत्कालै अस्पताल लगिएकोमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

    एक महिना अघि मात्र ह्वाइट हाउसमै पत्रकारहरुका लागि आयोजना गरिएको डिनरमा पनि एक बन्दुकधारीले गोली चलाएको घटना सार्वजनिक भएको थियो, जसका कारण यस क्षेत्रको सुरक्षा संवेदनशीलता झन् बढेको छ ।
    घटनामा कुनै सुरक्षाकर्मी घाइते नभएको जनाइएको छ। घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै थिए।

    त्यसपछि त्यहाँ रहेका पत्रकार तथा टेलिभिजन टोलीलाई सुरक्षाका लागि आश्रय लिन निर्देशन दिइएको थियो। साँझ करिब ६:१५ बजे ह्वाइट हाउस परिसर वरपर लगातार गोलीको आवाज सुनिएको थियो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे

    काठमाडौं । शनिबार बिहान केप भर्डेले डेब्यू विश्वकपमा पहिलो हार ब्यहोर्दा स्टेडियममा धेरैका आँशु थामिएनन् । हो फुटबल निर्मम छ ।

    इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो

    काठमाडौँ । इरानले विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक होर्मुज जलमार्ग (स्ट्रेट अफ होर्मुज) सबै प्रकारका जहाजहरूको आवतजावतका लागि अर्को

    फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

    काठमाडौँ ।  फिलिपिन्समा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ। अमेरिकाको भूगर्भ सर्वेक्षण संस्थाका अनुसार भूकम्प जमिनको सतहबाट करिब

    भारत–नेपाल सीमा समस्या द्विपक्षीय रूपमा समाधान गर्ने भारतको स्पष्ट धारणा

    एजेन्सी ।  भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धमा कुनै पनि तेस्रो पक्षको भूमिका आवश्यक नभएको स्पष्ट पारेको छ। नियमित मिडिया ब्रिफिङमा भारतीय

    सी–पुटिन भेट : चीन–रूस सम्बन्ध नयाँ उचाइमा पुगेको दाबी

    एजेन्सी । चिनियाँ राष्ट्रपति Xi Jinping र रुसी राष्ट्रपति Vladimir Putin बीच बेइजिङमा उच्चस्तरीय वार्ता सम्पन्न भएको छ। चीन भ्रमणका

    चीन भ्रमण सकेर अमेरिका फर्किए ट्रम्प, सीमित सहमतिमै सकियो शिखर…

    काठमाडौं । अमेरिकी राष्ट्रपति Donald Trump तीन दिने चीन भ्रमण सम्पन्न गरेर शुक्रबार अमेरिका फर्किएका छन् । विश्वका दुई ठूला

    Techie IT