Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २ शनिबार

    अपडेट
    गृहपृष्ठविश्वहोर्मुजमा इरानी अवरोध हटेसँगै अन्तर्राष्ट्रिय बजारमा घट्यो तेलको मूल्य

    होर्मुजमा इरानी अवरोध हटेसँगै अन्तर्राष्ट्रिय बजारमा घट्यो तेलको मूल्य


    काठमाडौं । इरानले स्ट्रेट अफ होर्मुजको अवरोध हटाए लगत्तै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ ।

    युद्धविराम अवधिभर होर्मुज पूर्ण क्षमतामा सञ्चालन गर्न दिने निर्णय इरानले लिएसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारमा ुब्रेन्ट क्रुड आयलु को मूल्य प्रति ब्यारेल ९८ डलरबाट ८८ मा झरेको बीबीसीले उल्लेख गरेको छ।

    इरान र अमेरिकाबीच गत अप्रिल सातको मध्यरातमा १५ दिने युद्धविराम सम्झौता भएको थियो । उनीहरूबीच अप्रिल २२ सम्म युद्धविराम हुनेछ ।

    विश्वको इन्धन आपूर्तिको २० प्रतिशत ढुवानी हुने होर्मुजमा इरानले अवरोध पुर्‍याएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकासिएको थियो ।युद्धअघि ुब्रेन्ट क्रुड आयलुको मूल्य प्रति ब्यारेल ७० डलर थियो । यसको मूल्य १०० डलर हुँदै अधिकतम ११५ सम्म पुगेको थियो ।

    इन्धनको मूल्य आकासिएसँगै ढुवानीमा विश्वव्यापी समस्या निम्तिने जोखिम बढेको थियो । कतिपय वायुसेवा प्रदायकले उडान रद्धको रणनीति बनाएको बीबीसीले उल्लेख गरेको छ ।

    होर्मुज बन्द हुँदा मल आपूर्तिमा पनि समस्या परेको थियो । विश्वको एक तिहाइ मल उक्त नाकाबाट ढुवानी हुने गरेको छ ।

    लेबनानमा युद्धविराम भएसँगै इरानले अप्रिल २२ सम्म होर्मुजमा अवरोध नगर्ने विज्ञप्ति प्रकाशित गरेको थियो । इरानले होर्मुज खुला गरेको अवस्थामा पनि आफ्नो नाकाबन्दी कायमै रहने अमेरिकाले बताएको छ ।

     




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे

    काठमाडौं । शनिबार बिहान केप भर्डेले डेब्यू विश्वकपमा पहिलो हार ब्यहोर्दा स्टेडियममा धेरैका आँशु थामिएनन् । हो फुटबल निर्मम छ ।

    इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो

    काठमाडौँ । इरानले विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक होर्मुज जलमार्ग (स्ट्रेट अफ होर्मुज) सबै प्रकारका जहाजहरूको आवतजावतका लागि अर्को

    फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

    काठमाडौँ ।  फिलिपिन्समा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ। अमेरिकाको भूगर्भ सर्वेक्षण संस्थाका अनुसार भूकम्प जमिनको सतहबाट करिब

    भारत–नेपाल सीमा समस्या द्विपक्षीय रूपमा समाधान गर्ने भारतको स्पष्ट धारणा

    एजेन्सी ।  भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धमा कुनै पनि तेस्रो पक्षको भूमिका आवश्यक नभएको स्पष्ट पारेको छ। नियमित मिडिया ब्रिफिङमा भारतीय

    ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु

    काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय

    सी–पुटिन भेट : चीन–रूस सम्बन्ध नयाँ उचाइमा पुगेको दाबी

    एजेन्सी । चिनियाँ राष्ट्रपति Xi Jinping र रुसी राष्ट्रपति Vladimir Putin बीच बेइजिङमा उच्चस्तरीय वार्ता सम्पन्न भएको छ। चीन भ्रमणका

    Techie IT