Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारहुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री

    हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री


    काठमाडौं ।हिमाली जिल्ला हुम्लामा मतपत्रसहित निर्वाचन सामग्री पुगेको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ११ दिनमात्र बाँकी रहँदा निर्वाचन सामग्री हुम्ला पुगेको हो ।
    निर्वाचन आयोगले कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाईमार्गमार्फत ढुवानी गरेर मतपत्रसहित अन्य निर्वाचन सामग्री पठाएको निर्वाचन अधिकारी भीमबहादुर रोकायाले बताए ।नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतबाट मतपत्रसहित अन्य निर्वाचन सामग्री शनिबार हुम्ला पुगेको हो । निर्वाचन अधिकारी रोकायाका अनुसार शनिबार सेनाको हेलिकोप्टरबाट १० प्रकारका सामग्री हुम्ला पुगेका छन् ।

    तीन हजार मिटरभन्दा माथि जिल्लामा लेक लाग्ने अवस्थालाई मध्यनजर गरेर औषधि खरिदका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बजेट पठाइएको आयोगले जनाएको छ ।कर्णाली प्रदेशका हिमाली जिल्लामा निर्वाचनपूर्व र निर्वाचनपश्चात् मतदान केन्द्रमा खटाइने कर्मचारीको आउनेजाने व्यवस्थाको सुनिश्चित गर्न बैठकमा सुरक्षा प्रमुखहरूले अनुरोध गरेका थिए, सोहीअनुसार व्यवस्था गर्नेगरी आयोगमा कुरा भएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताए।

    निर्वाचनमा जिल्लामा ३४ हजार ३७२ मतदाता, ६० मतदानस्थल र ६४ मतदान केन्द्र रहेका छन् । मतपत्रसहित अन्य सामग्री बुझ्नका लागि मुख्य निर्वाचन अधिकृत बराल, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, गुल्मपति हरिबाबु श्रेष्ठ, प्रहरी नायब उपरीक्षक शङ्कर खड्का, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक पुष्करसिंह ऐर, अनुसन्धान प्रमुख मेघराज कँडेल, आचारसंहिता अनुगमन समिति  अतिकृत राजेन्द्र चन्द र अङ्गबहादुर कार्की, जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायालगायतको उपस्थितिमा निर्वाचन सामग्री हस्तान्तरण गरिएको हो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    श्रद्धा–भक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको

    Techie IT