हुन्डी र सुन तस्करीमा अनुसन्धानमा रहेका ब्यपारी नरेश अग्रवालविरुद्ध ८ करोडकाे सम्पती शुद्धीकरण मुद्दा दायर
काठमाडाै- हुण्डी र सुनको अवैध कारोबारमा संलग्न रहेका भनी आरोप लगाइएका विवादित व्यापारी नरेश अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता भएको छ । मंगलबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवालसहित चारजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतद्वय शिव हरि पोखरेल र विरेन्द्र बहादुर माझीको प्रतिवेदनका आधारमा उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानको आधारमा व्यापारी नरेश अग्रवालविरुद्ध ८ करोड ६२ लाख ८५ हजार १५२ रुपैयाँ बिगो कायम गरी सो रकमको दोब्बर रकम जरिवानाको मागदाबी लिई सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको हो ।
अग्रवालको साथबाट बरामद भएको रकम १ करोड ९९ हजार र अमेरिकी डलर १ हजार ९९४ को हुन आउने नेपाली रकम तथा नरेश अग्रवालले दिवस कार्कीको नाममा बैंक खाता खोली गरेको कारोबारको ६ करोड ९० लाख ५७ हजार रुपैयाँ कारोबार गरेको तथा अन्य व्यक्तिसँग बरामद भई नरेश अग्रवालले दिएको रकम भनी पोल बयान गरेका समेतका आधारमा अग्रवालसँग ८ करोड ६२ लाख ८५ हजार १५२ रुपैयाँ बिगो कायम गरी सो रकमको दोब्बर रकम जरिवानाको मागदाबी लिई मुद्दा दायर गरिएको हो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- २ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ३ नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
- ४ उपत्यकामा चल्यो रात्रिकालीन साझा बस
- ५ ९ वटा बैंकको ब्याजदर घट्यो, १० वटाको स्थिर
- ६ कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
- ७ प्रधानमन्त्री बालेनसँग बैंक ब्यालेन्स १ करोड ४६ लाख

तपाईको प्रतिक्रिया दिनुहोस