हुथीद्वारा रियादमा ब्यालिस्टिक मिसाइल आक्रमणको प्रयास, साउदीद्वारा विफल
काठमाडौँ । साउदी अरबले यमनका हुथी विद्रोहीले राजधानी रियादलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल प्रहारको प्रयास गरेको जनाएको छ।
शनिबार राति साउदी नेतृत्वको गठबन्धनले रियादतर्फ प्रहार गरिएको मिसाइललाई आकाशमै ‘इन्टरसेप्ट’ गरी नष्ट गरिएको जानकारी दिएको हो।
गठबन्धनका अनुसार हुथीहरूले रियादसँगै लाल सागरको बन्दरगाह सहर यान्बु, ताइफ, बायस र फरासानमा रहेका नागरिक पूर्वाधारलाई समेत लक्षित गर्ने प्रयास गरेका थिए। ती सबै आक्रमणका प्रयास विफल पारिएको गठबन्धनको दाबी छ।
यद्यपि, घटनामा भएको क्षति वा मानवीय हताहतीबारे गठबन्धनले थप विवरण सार्वजनिक गरेको छैन।
यसअघि हुथीहरूले रियादका केही ‘संवेदनशील स्थल’ तथा यान्बुस्थित साउदी तेल कम्पनी अरामकोलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका थिए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी
- ७ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री

तपाईको प्रतिक्रिया दिनुहोस