Techie IT
  • The Film Nepal
  • २०८२ चैत्र ३ मंगलवार

    अपडेट
    गृहपृष्ठराष्ट्रियहाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गरौ : राष्ट्रपति

    हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गरौ : राष्ट्रपति


    काठमाडौँ / ३ असोज , राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गर्न अपिल गर्नुभएको छ ।
    संविधान दिवस २०८१ को अवसरमा राष्ट्रपति भवन शीलत निवासमा विहिबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेल उक्त अपिल गर्नुभएको हो ।
    उहाँले भन्नुभयो,“ हामी संकल्प गरौ की हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् । नागरिकको हितबाहेक हाम्रो राज्यको अरु कुनै स्वार्थ हुनेछैन ।”
    उहाँंले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न संकल्प चाहिने उल्लेख गर्दै भन्नुभयो, “लक्ष्य प्राप्त गर्न साधना चाहिन्छ भन्दै उहाँले लक्ष्य प्राप्त गर्न अविचलित भइ अगाडि बढ्ने अटल आस्था र उच्च नैतिक शक्ति चाहिन्छ ।”
    “हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न आज महत्वपूर्ण संकल्प गरौं, पहिलो संकल्प गरौं, हामी लोकतन्त्रप्रति प्रतिवद्ध रहने छौं । जस्तोसुकै अप्ठ्यारोमा पनि हामी लोकतन्त्रको गरिमालाई बचाउनेछौ र नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौं”, राष्ट्रपति पौडेलले भन्नुभयो, “अर्को संकल्प गरौं कि हामी सुशासन प्रति प्रतिवद्ध रहने छौं तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आवद्ध गर्नेछौं ।”
    राष्ट्रपति पौडेलले समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिवद्द रहने तथा हाम्रा विभिन्न जाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझा बनाउने तेश्रो संकल्प गर्न आग्रह पनि गर्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “भ्रातृत्व, एकता र समभाव हाम्रो जीवन पद्दति हुनेछ, सामाजिक एकता र आपसी सम्मान हाम्रो सांस्कृतिक चरित्र हुनेछ ।” उहाँले जस्तोसुकै परिस्थितिमा पनि देश, यसको स्वाधिनता र सार्वभौमिकतालाई झुक्न दिनेछैनौं भन्ने अर्को संकल्प गर्न आग्रह गर्नुभयो । “पाँचौ, संकल्प गरौं कि हामी नागरिकको हितका लागि समर्पित हुनेछौ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
    यी संकल्प गर्दै मुलुकको सम्वृद्धिको यात्रामा अघि बढिरहँदा हामीले ध्यान दिनपर्ने केही महत्वपूर्ण विषयहरू भएको बताउँदै उहाँले पहिलो त हामीले राज्यलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण, जनमुखी र सुशासित बनाउन आवश्यक रहेको बताउनुभयो ।
    “राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न हामीलाई प्रभावकारी सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक हुन्छ, जसले नागरिकमा आशा जगाउन सकोस्, जसले नागरिकलाई यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित छ भनेर लोकतन्त्रप्रति भरोसा जगाउन सकोस्”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
    उहाँले संविधानको वास्तविक कार्यान्वयन गर्दै सुशासन कायम गर्ने, विकास निर्माणलाई तिब्रता दिने र सेवा प्रवाहमा चुस्तता ल्याउनुपर्ने अहिलेको महत्वपूर्ण समयमा यसको पूर्ण कार्यान्वयनमा सबैले ध्यान दिनु अहिलेको आवश्यकता हो भन्नुभयो ।
    यसैगरी उहाँले वेथिति र अनियमितताको अन्त्यमा जोड दिनुभयो । “वेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरूलाई जिर्ण र विश्वासहिन बनाउने चिन्ता सर्वत्र भैरहेको छ । यसबाट नागरिकको भरोसा नडगमगाओस् भनेर अब पनि हामीले नसोच्ने हो भने कहिले सोच्ने त ? यो भरोसालाई पुनस्र्थापित नगरी न त हामी संविधानका लक्ष्यहरू प्राप्त गर्न सक्छौ, न त राजनीतिक परिवर्तनले परिणाम दिन्छ । आजका दिनमा हामीले भ्रष्टाचारमा शुन्य सहनसिलतालाई कडाईंकासाथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्छ भन्ने मलाई लाग्छ”, उहाँले भन्नुभयो ।
    आज उत्साह र उमंगका साथ संविधान दिवस मनाईरहँदा आफैभित्र आशाको नयाँ दियो बाल्न उहाँले आग्रह गर्नुभयो । “किनभने, यो निरास बस्ने समय होईन, यो हामीबीच आरोप प्रत्यारोप गर्ने समय होईन, यो देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होईन, यो एकतावद्ध हुने समय हो, यो आफैप्रति विश्वस्त हुने समय हो, यो भविष्य उन्मुख हुने समय हो, आजको दिनले हामी सबैलाई निरासाबाट आशा र समृद्ध नेपाल निर्माणको बाटोतिर जान प्रेरणा दिन सकोस्”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
    आफ्नो संविधान आफैं लेख्न पाउने हामीले पाएको यो सौभाग्य र अवसर कमैमात्र मुलुकका नागरिकले प्राप्त गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले यो गौरवशाली विश्व इतिहास कायम गर्न सफल भएकोमा आजको विशेष दिनमा देशभित्र र बाहिर रहनु हुने सम्पूर्ण नेपालीमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्नुभयो ।
    यो संविधानले हामीलाई लोकतन्त्र दिएको छ र हामीले इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान प्राप्त गरेका छौं भन्दै राष्ट्रपति पौडेलले यो संविधानले हामीलाई संघीयता दिएको छ, अधिकार सम्पन्न स्थानीय तह दिएको छ र केन्द्रको अधिकार गाउँ गाउँसम्म पु¥याउने अवसर दिएको बताउनुभयो । “एकात्मक र केन्द्रिकृत शासनप्रणालीको बदलामा प्राप्त संघीयता हाम्रा लागि संविधानले दिएको महत्वपर्ण उपहार हो, त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्र साकार पारौं”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
    हामीलाई यो संविधानले बहुलवादमा आधारित एक समावेशी नेपाल बनाउने अवसर दिएको र वर्तमान संविधानले निरंकुश र केन्द्रिकृत राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेकोमात्र होइन वास्तविक अर्थमा नेपाली जनतालाई मालिक बनाएको उहाँको भनाइ थियो । “राज्यशक्तिको स्रोत अब नेपाली नागरिक भएका छन्”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
    लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनौट भइ अहिले संविधानतः तीनैतहका सरकारहरू क्रियाशील रहेको र सरकारमार्फत हामी एक नयाँ भविष्यको यात्रामा आवद्ध भएका छौं, संविधानले प्रदान गरेका यी महत्वपूर्ण उपलब्धिहरू भएको उहाँले बताउनुभयो ।
    यिनै उपलब्धिहरूका जगमा हाम्रो भविष्यको सुुखद यात्रा प्रारम्भ भएको उहाँले विश्वास व्यक्त गर्नुभयो । “त्यो यात्रा मुख्यतः नेपाली नागरिकले परिवर्तनका आन्दोलनमा देखेका सपनाहरू पूरा गर्ने नयाँ आशा, अपेक्षा र विश्वास सहितको गौरवमय यात्रा हुनुपर्छ भन्ने पनि मलाई लाग्छ, अतः यो हाम्रो पुस्ताको काँधमा आएको महत्वपूर्ण जिम्मेवारी पनि हो भनेर हामी सबैले बुझ्नुपर्छ, यो जिम्मेवारी पूरा गर्न एउटा लक्ष्यसहित अघि बढ्न आज हामी दृढ भएर संकल्प गरौं”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
    उहाँले संविधानमार्फत यो राष्ट्र निर्माणको समय हो र यसका लागि हामीले राज्यको आवधिक र दीर्घकालीन लक्ष्य निर्धारण गर्न आवश्यक छ भन्नेमा जोड दिनुभयो ।
    “जुन लक्ष्य, हामी सबै नेपालीको साझा लक्ष्य बनोस्, जुन लक्ष्य, हाम्रा सबै राजनीतिक दलहरूको साझा लक्ष्य बनोस्, जुन लक्ष्य, हाम्रा प्रत्येक युवाहरूको साझा लक्ष्य बनोस् र त्यसले हामी सबैलाई एकतावद्ध भइ अगाडि बढ्न प्रेरित गरोस्”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
    उहाँले यसले गर्दा हाम्रा सन्ततिहरूले भोलि हामीमाथि गर्व गरुन् र भनुन् हाम्रा पुर्खाहरूले आजभन्दा धेरै वर्ष अगाडि जुन लक्ष्य बनाए, त्यो नै हाम्रो स्वर्णकाल हो, हाम्रा पुर्खाहरूले लोकतन्त्रको आलोकमा अगाडि बढ्ने जुन संकल्प गरे, त्यो इतिहासकै सबैभन्दा महत्वपूर्ण क्षण थियो भन्नुभयो ।
    राष्ट्रपति पौडेलले आफूले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैं लेख्ने नेपाली जनताको पटक पटकको आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको नौ वर्ष पुरा भएको गौरवमय क्षणमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्दाञ्जली व्यक्त भन्नुभयो । साथै, आन्दोलनका क्रममा जेल, नेल, निर्वासनसहित अनेकौं यातना सहने र जस्तै कष्टमा पनि अविचलित भइ परिवर्तनको पक्षमा क्रियाशील हुने लोकतन्त्रका योद्धाहरूलाई सम्मानसहित हृृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्नुभयो । उहाँले लोकतान्त्रिक आन्दोलनका अग्रज नेताहरूलाई यो अवसरमा सम्मानपूर्वक स्मरण गर्नुभयो ।
    समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्च पदस्थ सरकारी अधिकारी तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभाव तथा सर्वसाधारणको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाले विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नवनिर्वाचित सांसदका लागि रास्वपाको अभिमुखीकरणमा मोबाइल निषेध

    काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपाले मंगलबार र बुधबार

    कांग्रेसका पूर्वसांसद चालिसेलाई धरौटीमा छोड्न आदेश

    काठमाडौं | विशेष अदालतले नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । गैरकानुनी सम्पत्ति

    चट्याङ र असिनासहित वर्षाको सम्भावना कहाँ कहाँ छ?

    काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।सोमबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली

    श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

     काठमाडौं |  श्रम संस्कृति पार्टीले ४ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । धरानमा आज बसेको पार्टीको केन्द्रीय समिति

    एमाले अध्यक्ष ओली भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

    काठमाडौं, १ चैत्र । प्रधानमन्त्री सुशीला कार्कीले एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादप्रति समबेदना प्रकट गरेकी छिन् । पितृ

    साम्पाङको दलबाट सिफारिस भए समानुपातिक सांसद

    काठमाडौंँ | श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सांसद छानेको छ । राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ३

    Techie IT