Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ राष्ट्रिय ∕ हरितालिका तिज आज, शिव–पार्वतीको पूजा आराधना गरी मनाइँदै

    हरितालिका तिज आज, शिव–पार्वतीको पूजा आराधना गरी मनाइँदै


    काठमाडौँ । आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तिज पर्व। हिन्दु धर्मावलम्बी महिलाहरूले आज महादेवको पूजा–आराधना तथा व्रत बसेर तिज पर्व मनाउँदैछन्।

    धार्मिक मान्यताअनुसार भाद्र शुक्ल तृतीयाका दिन व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा तथा उपासना गरेमा पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ।

    पौराणिक कथाअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति रूपमा प्राप्त गर्न गौरीघाटमा कठोर तपस्या गरेकी थिइन्। पार्वतीको इच्छाविपरीत पिता हिमालयले उनको विवाह भगवान् विष्णुसँग गरिदिन खोजेपछि साथीहरूले उनलाई हरण गरी कसैले नदेख्ने स्थानमा लुकाएको धार्मिक मान्यता छ।

    साथीहरूले लुकाएको स्थानमा पार्वतीले निराहार व्रत बसेर महादेवको आराधना गरेपछि उनलाई पति रूपमा प्राप्त गरेको विश्वास गरिन्छ। पार्वतीलाई साथीहरूले हरण गरेको दिन भाद्र शुक्ल तृतीया भएकाले सोही दिनदेखि हरितालिका तिजको व्रत लिने परम्परा सुरु भएको धर्मशास्त्रीय मान्यता छ।

    ‘हरितालिका’ शब्द संस्कृतका ‘हरित’ र ‘आलिका’ दुई शब्दबाट बनेको मानिन्छ। ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी भन्ने हुन्छ।

    धर्मशास्त्रविद्हरूका अनुसार तिजमा अनिवार्य रूपमा निराहार व्रत बस्नुपर्छ भन्ने छैन। व्रतका निराहार, जलाहार र फलाहार गरी तीन प्रकार छन्। शारीरिक अवस्था र क्षमताअनुसार निराहार, जलाहार वा फलाहार व्रत बस्न सकिने धार्मिक मान्यता छ।

    परम्परागत रूपमा महिलाहरूले परिवारको सुख, शान्ति र कल्याणका लागि तिजको व्रत लिने गरे पनि स्वास्थ्य अवस्था तथा अन्य कारणले महिलाले व्रत बस्न नसक्ने अवस्थामा पुरुषले समेत व्रत बस्ने प्रचलन रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।

    समग्रमा तिजको व्रत व्यक्तिगत मनोकामना पूरा हुनुका साथै परिवारको सुख, शान्ति, कल्याण र समृद्धिको कामनाका लागि लिइने धार्मिक पर्वका रूपमा मानिन्छ। धर्मशास्त्रीय मान्यताअनुसार तिजको व्रत नित्य र काम्य दुवै प्रकारको मानिन्छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक

    भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ

    काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा

    ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा तत्काल ठोस कदम चाल्न सरकारलाई…

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्लो अविरल वर्षाका कारण

    महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडियो

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान महाकाली नदीमा

    Techie IT