Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २७ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारस्वास्थ्य वीमालाई सुधार गरेर नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन सकिन्छ : स्वास्थ्यमन्त्री पाैडेल

    स्वास्थ्य वीमालाई सुधार गरेर नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन सकिन्छ : स्वास्थ्यमन्त्री पाैडेल


    ललितपुर/ २ असाेज,स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य वीमालाई सुधार गरेर नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने बताउनुभएको छ।
    ललितपुरकाे महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले २७ औं गणेशमान सिंह स्मृति दिवसकाे अवसरमा आज बुधबार आयाेजना गरेको कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री पाैडेलले सरकारले नागरिकको स्वास्थ्य व्यवस्थित गर्न सक्ने उपयुक्त र सरल माध्यम भनेको बीमा नै भएको बताउनुभयो ।
    “स्वास्थ्य बीमा सबै स्थानीय तहमा लागु गर्ने अभियानमा छाैं, अहिले गलत दावी व्यवस्थापकीय कमजोरका कारण समस्या देखिएकाे हाे, यसमा सुधार गर्न सकिन्छ, सरकारले स्वास्थ्य सुविधा दिन ३१ अर्ब व्यवस्थापन गरेको छ, स्वास्थ्य बीमा एकद्वार प्रणालीबाट एकीकृत ढङ्गले चलाउन सकिन्छ।” उहाँले भन्नुभयो ।
    मन्त्री पाैडेलले अरु देशमा  पनि व्यक्तिको योगदानका आधारमा स्वास्थ्य बीमा सञ्चालन हुने गरेको छ भन्नुहुँदै नेपालमा यसलाई व्यवस्थापन गर्न विभिन्न क्षेत्रबाट रकम बीमा कोषमा जानुपर्नेमा जाेड दिनुभयाे। “तिर्न नसक्नेको दायित्व राज्यले दिने व्यवस्था गर्न सकिन्छ, सक्नेले याेगदान गर्नुपर्छ, ठूला कम्पनीहरुले पनि सामाजिक उत्तरदायित्वकाे रकम स्वास्थ्यमा खर्च गर्न सक्नुपर्छ ।” मन्त्री पाैडेलले भन्नुभयो ।
    उहाँले राेग लागेपछि उपचार भन्दा पनि राेग नै नलाग्ने अवस्था सृजना गर्न ध्यान दिनु आजकाे आवश्यकता रहेकाे ओैल्याउनुभएको छ ।
    “हामीले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्छ, अहिले समाज को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिएको छ, यस्तो हुनुहुँदैन, त्यसैले मान्छेलाई रोग लाग्न नदिने कुरामा हामीले केही गर्न जरुरी छ ।उपचारात्मक पद्धतिमा भन्दा उपचार नै गर्नु नपर्ने गरी मानिसलाई स्वास्थ्य बनाउन आवश्यक छ।” उहाँले भन्नुभयाे ।
    उहाँले खाद्य स्वास्थ्यको मुख्य विषय भएको भन्दै हामीले निराेगी बनाउने गरी खाने कुरालाई स्वास्थ्यसँग जोड्न सकिरहेको छैनाैं भन्नुभयो। “क्यान्सर किन भयो, किड्नीमा समस्या किन आयो ? हामीले के खाइरहेका छौँ, हाम्रो फुड ह्याबिट कस्तो छ ? खाने वस्तु कस्तो छ र ? कति खाइरहेका छौँ ? चाहिने जति छ की, धेरै खाइरहेका छौँ, थोरै खाइरहेका छौँ की ? थोरै खानु पनि समस्या हो, धेरै खानु पनि समस्या हो।’’ उहाँले भन्नुभयो ।
    मन्त्री पौडेलले अस्पतालहरुले स्वास्थ्य चेतना विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले देशमा कुनैपनि कुरामा अनुसन्धान नहुने भन्दै भइरहेका अध्ययन संस्थानमा पनि अनुसन्धान नहुने गरेको बताउनुभयो ।
    मन्त्री पौडेलले गणेशमान सिंह विचारलाई पदसग नसाट्ने ब्यक्ति भएको भन्दै प्रधानमन्त्री त्याग्ने कुरा ठूलो प्रतिवद्धता भएको बताउनुभयाे। उहाँले संघर्ष र निष्ठामा गणेशमानको जस्तो उचाई कसैले प्राप्त गर्न सक्दैन भन्नुभयो । कार्यक्रममा गणेशमान सिंह मेमोरियल अस्पताल एण्ड रिसर्च सेन्टरका अध्यक्ष दिपकप्रकाश बास्कोटा, नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे, सहमहामन्त्री ऋषिराम घिमिरेलगायतले मन्तव्य राख्नुभएको थियाे।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि छलफल सुरु हुने; विनियोजन र…

    काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा आर्थिक

    आज देशका अधिकांश क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही…

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक

    धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना…

    धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा

    महावीर पुन मन्त्री बन्दै

    काठमाडौं । म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले पुनलाई विज्ञान, प्रविधि

    गृहमन्त्रीमा फेरि सुधन गुरुङ, आजै शपथको तयारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले

    प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा आर्थिक वर्ष २०८३/०८४ को

    Techie IT