काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्कंदै छन् ।
प्रधानमन्त्री ओली यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिनतर्फ प्रस्थान गरेका थिए ।भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरेका थिए । उनले शिखर सम्मेलनलाई सम्बोधन गरे ।
प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीले मंगलबार बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरेका थिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रूसी राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा.सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ कस्तो थियो २०७९ को निर्वाचनमा समानुपातिक तर्फ दलहरुले पाएको मत ?
- २ १२ कक्षाको परीक्षाको मिति तय
- ३ आजपा बारा–१ का उम्मेदवार विजय यादवको चुनाबी प्रतिबद्धता पत्र सार्वजनिक
- ४ आजदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै
- ५ मधानी महायज्ञ आजदेखी सुरु : भगवान शिवपार्वतीको बरात यात्रा सम्पन्न
- ६ रुपन्देहीमा आजपा उम्मेदवारको घरदैलो कार्यक्रम तिब्र, मोबाइलमा मतदान गर्न अपिल
- ७ टी- २० विश्वकपमा आज नेपालले इटलीसँग खेल्दै

तपाईको प्रतिक्रिया दिनुहोस