स्मार्ट सिटी, फोहोरमैला व्यवस्थापनलगायमा छिट्टै नतिजा देखिने गरी काम हुन्छ : मन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्मार्ट सिटी, फोहोरमैला व्यवस्थापनलगायका क्षेत्रमा छिट्टै नतिजा देखिने गरि मन्त्रालयले काम गरिरहेको बताएका छन् । आज काठमाडौं उपत्यका मेयर्स फोरमसँगको भेटमा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।
मेयर्स फोरमले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै स्मार्ट सिटि, सडक बत्तिको महसुल, बागमती लगायतको विषयमा ध्यानाकर्षण समेत गराएको थियो । सो क्रममा उपप्रधानमन्त्री सिंहले उपत्यकालाई बस्न लायक बनाउन मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढाउने भन्दै छिट्टै नतिजा देखिने गरि काम भइरहेको बताए ।
भेटमा मेयर्स फोरमले वर्षौदेखि स्मार्ट सिटिका लागि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको भन्दै रोक्का फुकुवा गर्न माग गरेको थियो । सो क्रममा उपप्रधानमन्त्री सिंहले सो समस्या छिटै समाधान हुने बताए । उनले भने, ‘स्मार्ट सिटिका लागि जग्गा रोक्का हुँदा जग्गाधनीले उपयोग गर्न पाएका छैनन् भन्ने जुन गुनासो छ । चाँडै नतिजा देखिने गरि मन्त्रालयले काम अघि बढाएको छ ।’
त्यस्तै, मेयर्स फोरमले सडक बत्तिको बील विद्युत प्राधिकरणले नागरपालिकाका नाममा पठाएको भन्दै सडक केन्द्र र प्रदेश सरकारकै दायित्व भित्र पर्ने भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए । सो क्रममा उपप्रधानमन्त्री सिंहले सडक बत्तीको बीलको समस्या समाधानका लागि मन्त्रालयले पहल गर्ने बताए ।
‘तपाईहरुले सडक बत्तिको महसुलको विषयमा कुरा उठाउनुभयो । उर्जा मन्त्रालयसँग छलफल गरेर तपाईंहरुको भावनाअनुसार मन्त्रालयले भूमिका खेल्छ,’ उनले भने । मेयर्स फोरमले आर्थीक वर्ष ०८१र८२ देखि पालिका मातहतको सडक,सम्पदा, पर्यटन स्थल र सार्वजनिक स्थलमा जडित विद्युतको महसुल भुक्तानी स्थानीय तहले ६० प्रतिशत तिर्ने गरि आवश्यक समन्वय गरिदिन आग्रह गरेको थियो ।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पुनर्संरचना गर्ने पनि बताए । जनप्रतिनिधिहरुको प्रतिनिधित्व बढ्ने गरि प्राधिकरणलाई समयसापेक्ष बनाइनेमा ढुक्क हुन उनले आग्रह गरे ।
त्यस्तै, उनले स्वच्छ उपत्यका र सफा बाग्मती बनाउनु आफ्नो प्राथमिकता रहेको भन्दै खोलामा सिधै ढल बन्द गर्न के गर्नुपर्छ रु त्यसका लागि मिलेर काम गर्नका लागि पनि आग्रह गरे ।
‘उपत्यकाको नदि नाला स्वच्छ गर्न तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए । कार्ययोजना बनाएर काम गर्नुपर्छ ,’ उनले भने,‘ स्थानीय सरकारले यसका लागि काम गर्दा कतै अवरोध छ भने शहरी विकास मन्त्रालय सहजीकरणका लागि सँधै तयार छ । ’ उनले सुकुम्बासी समस्या समाधानका लागि पनि उपत्यकाका स्थानीय तहसँग मन्त्रालयले संयुक्त रुपमा काम गर्न आग्रह गरे ।
काठमाडौं उपत्यका मेयर्स फोरममा ३ गाउँपालिकासहित १८ वटा स्थानीय तह छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ अछाममा असार ३ गते ‘रामारोशन स्काई रन २०२६’ हुँदै, ७ लाख ५२ हजार रुपैयाँ पुरस्कार
- २ प्रधानमन्त्रीको अभिव्यक्ति सच्चिएपछि मात्र सदन चलाउन दिने निर्णय
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ५ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद्, अस्पताल र बीमा बोर्डका रिक्त पदमा आवेदन आह्वान
- ६ कुशल भुर्तेलको लगातार दोस्रो शतक, मलेसियाविरुद्ध ५४ बलमै १२६ रनको विस्फोटक इनिङ्स
- ७ मे महिनामा नेपालमा १ लाख २ हजारभन्दा बढी पर्यटक, आगमनमा १९ प्रतिशत वृद्धि

तपाईको प्रतिक्रिया दिनुहोस