Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २८ बिहीबार

    अपडेट
    गृहपृष्ठराजनीतिस्थानीय तह निर्वाचनका लागि रास्वपाको नयाँ कार्यविधि, उम्मेदवार छनोटमा प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत भार

    स्थानीय तह निर्वाचनका लागि रास्वपाको नयाँ कार्यविधि, उम्मेदवार छनोटमा प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत भार


    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको नयाँ कार्यविधि सार्वजनिक गरेको छ।

    पार्टीका अनुसार उम्मेदवार छनोट प्रक्रिया वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्यले कार्यविधि तयार गरिएको हो। रास्वपाले आफ्नो विधानमा व्यवस्था गरिएका लिडरसिप एकेडेमी, क्यान्डिडेट क्लब र प्रारम्भिक निर्वाचन (प्राइमरी) को अवधारणाअनुसार कार्यविधि लागू गर्न लागेको जनाएको छ।

    रास्वपाबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीको क्यान्डिडेट क्लब मा औपचारिक आवेदन दिनुपर्नेछ। आवेदन दिने व्यक्तिले कानुन तथा पार्टी विधानले तोकेका योग्यता र मापदण्ड पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।

    कार्यविधिअनुसार उम्मेदवार छनोटमा लिडरसिप एकेडेमीको मूल्यांकनलाई २५ प्रतिशत, पोलिटिकल प्रोक्सिमिटीलाई २५ प्रतिशत, समावेशितालाई १० प्रतिशत र प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत भार प्रदान गरिएको छ।

    यस्तै, एउटै निर्वाचन चक्रभित्र प्रतिनिधिसभा सदस्यको उम्मेदवार छनोट प्रक्रियामा सहभागी भइसकेका व्यक्तिले स्थानीय तहको उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।

    त्यसैगरी, स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका व्यक्तिले सोही निर्वाचन चक्रभित्र हुने प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन नपाउने उल्लेख गरिएको छ। वडा तहको उम्मेदवार छनोट प्रक्रियामा सहभागी भएकाहरूले पनि सोही निर्वाचन चक्रभित्र प्रदेशसभा सदस्यको उम्मेदवार छनोट प्रक्रियामा भाग लिन नपाउने व्यवस्था कार्यविधिमा समावेश गरिएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले

    अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने

    Techie IT