Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ६ आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिस्थानीय तहको उपनिर्वाचनका लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त

    स्थानीय तहको उपनिर्वाचनका लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त


    काठमाडौँ/२१ कात्तिक,प्रमुख राजनीतिक दलले स्थानीय तहको मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न थालेका छन् । सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) तथा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहितका दलले स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार छनोट आरम्भ गरेका हुन् ।

    कोशी प्रदेशमा गाउँपालिकाका एक अध्यक्ष र छ वडाध्यक्ष, मधेश प्रदेशमा छ वडाध्यक्ष, बागमती प्रदेशमा एक नगरपालिका प्रमुख, एक गाउँपालिका उपाध्यक्ष र एक महानगरपालिकाका वडाध्यक्षसहित पाँच वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदै छ । गण्डकी प्रदेशमा एक वडाध्यक्ष, लुम्बिनी प्रदेशमा तीन वडाध्यक्ष, कर्णाली प्रदेशमा एक नगरपालिका उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र पाँच वडाध्यक्ष र सुदूरपश्चिम प्रदेशमा एक उपाध्यक्ष र चार वडाध्यक्षसहित ४४ पदमा उपनिर्वाचन हुँदै छ ।

    कीर्तिपुरमा चुनावी सरगर्मी

    कीर्तिपुर नगरपालिका प्रमुखमा हुने निर्वाचनका लागि कांग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरेका छन् । कांग्रेस नगर कार्यसमितिले नगर सभापति कृष्णमान डङ्गोल, बद्रीलाल महर्जन, हिमाल कार्की, पूर्वनगरप्रमुख स्व. राजकुमार नकर्मीकी पत्नी जमुना नकर्मीलाई उम्मेदवार सिफारिस गरेको छ ।

    त्यसै गरी सङ्गीता बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनलाई नगरप्रमुखको उम्मेदवारका लागि सिफारिस गरेको छ । वडा नं. १ मा छ जना र वडा नं. ४ बाट आठ जनाको नाम सिफारिस भएको छ । नगर सभापति डङ्गोलले भन्नुभयो, “नगरले क्षेत्रलाई ११ जनाको नाम सिफारिस गरेको हो । अब क्षेत्रले जिल्लालाई अनि प्रदेश र केन्द्रमा सिफारिस हुन्छ । त्यसपछि उम्मेदवारको नाम तय हुन्छ ।” एमाले बागमती प्रदेश अध्यक्ष कैलाशचन्द्र ढुङ्गेलका अनुसार एमाले नेता डा. सुरेन्द्र मानन्धरलाई कीर्तिपुर नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय भएको छ । उहाँले प्रदेशका अन्य उम्मेदवार तय गर्न पनि छलफल भइरहेको बताउनुभयो । माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका अनुसार कीर्तिपुर नगरप्रमुखको उम्मेदवार सो पार्टीले प्राडा शिवशरण महर्जनलाई बनाउने भएको छ । माओवादीले वडाध्यक्षमा पनि उम्मेदवार तय गरेको छ ।

    माओवादी बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले कीर्तिपुर वडा नं. १ मा अष्टमान महर्जन र वडा नं. ४ मा इन्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य पालिकाका उम्मेदवार दुई दिनभित्र टुङ्गो लाग्छ ।” त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्रुव महर्जनलाई नगरप्रमुखको उम्मेदवार बनाएको छ । अन्य साना दलले उम्मेदवारी दिने छलफल चलाए पनि उम्मेदवार तय गरिसकेका छैनन् ।  कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका राजनीतिक दलले अन्य प्रदेशमा पनि पार्टीका स्थानीय समितिलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिइसकेका छन् । केन्द्रलाई उम्मेदवारको सूची प्राप्त भएपछि उम्मेदवार छनोट गर्ने दलहरूले जनाएका छन् ।

    थप रिक्त पदको पनि मङ्सिर १६ मै 

    निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको मिति घोषणा भइसकेपछि रिक्त हुन पुगेका थप पाँच स्थानमा मङ्सिर १६ गते नै उपनिर्वाचन गर्ने भएको छ । मन्त्रीपरिषद्को भदौ ३० गतेको बैठकले स्थानीय तहमा रिक्त रहेका पदको मङ्सिर १६ गते आइतबार उपनिर्वाचन गर्ने निर्णय गरेको थियो ।

    आयोगका सहायक प्रवक्ता दुर्गा चालिसेले भदौ अन्तिम र त्यसपछि रिक्त हुन पुगेका पाँच स्थानीय तहमा तोकिएकै मितिमा उपनिर्वाचन हुने जानकारी दिनुभयो । निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन हुनुअघिसम्म रिक्त हुने पदको मङ्सिर १६ गते नै उपनिर्वाचन गर्ने  प्रस्ट्याएको छ । सहायक प्रवक्ता चालिसेले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुने जानकारी दिनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ

    काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका

    १२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

    काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख

    आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

    काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर

    करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउ :कांग्रेस

    काठमाडौँ।नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै घटाउन माग गरेको छ । त्यसका लागि करका दरहरू पुनरावलोकन गर्न कांग्रेसले

    डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, पेट्रोलको…

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर

    संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता

    काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि

    Techie IT