काठमाडौँ । काठमाडौँको माइतीघर लगायत देशका विभिन्न स्थानमा युवाहरुको प्रदर्शन शुरु भएको छ । भ्रष्टाचार तथा बेथितिविरुद्ध काठमाडौंको माइतीघर मण्डलासहित देशभरि एकैसाथ प्रदर्शन शुरु भएको हो ।माइतीघर मण्डलामा भेला भएका उनीहरूले बिहान ११ बजेतिर बानेश्वरतर्फ शान्तिपूर्ण मार्च सुरु गरेका हुन् ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र मुलुकभर बढ्दो भ्रष्टाचार उनीहरूको मुख्य एजेन्डा बनेको छ ।काठमाडौं मात्र नभई पोखरा, दाङसहित अन्य सहरहरूमा पनि आजैदेखि जेनजी पुस्ताको आन्दोलन सुरु भएको छ ।
सडक ढाकेर प्रदर्शन गरेका कारण सवारी आवागमन प्रभावित भएको छ । उनीहरुलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् । जेनजीको आन्दोलनलाई काठमाडौं महानगरका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न दलका जनप्रतिनिधि, कलाकार र स्वतन्त्र युवाहरूले समर्थन गरेका छन् । प्रदर्शनमा राजनीतिक दलसँग आबद्ध भ्रातृ संस्थालाई सहभागी हुन भने रोक लगाइएको छ ।
पहिले सामाजिक सञ्जालमार्फत मात्र प्रकट असन्तोषलाई जेनजी पुस्ताले यसपटक सडकमा उत्रिएर प्रत्यक्षरूपमा देखाएका छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ काठमाडौंमा मोबाइल छापप्रति जनलहर बढदो, खुल्यो खगेश रञ्जिकारको सम्पर्क कार्यालय
- २ समृद्धि र विकासका लागि मोवाइलमा मतदान गर्न रुपन्देही–१ का उम्मेदवार बदरु दोजा फकिरको अपिल
- ३ मिडिया, सामाजिक सञ्जालमा गगन र अमरेशको चर्चा भएपनि घरघर र मतदाताकाबीचमा मोबाइल छापको चर्चा छ : रिंकी साह
- ४ प्रभु साहको उद्घोष—“म प्रधानमन्त्री भएँ भने नेपालमा विद्युत्, सञ्चार सेवा (मोबाइल र डाटा) तथा खानेपानी निःशुल्क उपलब्ध गराउनेछु”
- ५ काठमाडौं–८ का उम्मेदवार खगेश रञ्जितको घरदैलो कार्यक्रम तिब्र
- ६ रौतहटको विकास, समृद्धि, सम्मान र उज्जवल भविष्यका लागि मोबाइलमा मतदान गर्न प्रभु साहको अपिल
- ७ रुपन्देहीमा आजपा उम्मेदवार राधेश्याम गुप्ताको घरदैलो कार्यक्रम तिब्र, मोबाइलमा मतदान गर्न अपिल

तपाईको प्रतिक्रिया दिनुहोस