Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ खेलकुद ∕ स्कटल्याण्डविरुद्ध नेपाल पहिला बलिङमा, टियुमा डिभिजन लिग–२ को महत्वपूर्ण भिडन्त हुँदै

    स्कटल्याण्डविरुद्ध नेपाल पहिला बलिङमा, टियुमा डिभिजन लिग–२ को महत्वपूर्ण भिडन्त हुँदै


    काठमाडौँ ।  आईसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंस्थित टियु क्रिकेट मैदानमा जारी छ ।

    टस जितेको स्कटल्याण्डले पहिला ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले बलिङ गर्ने भएको छ ।

    आजको खेलका लागि नेपाली टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, अर्जुन कुमाल, विनोद भण्डारी र करण केसी रहेका छन् ।

    नेपाल र स्कटल्याण्डबीच हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ९ पटक प्रतिस्पर्धा भएको छ । तीमध्ये नेपालले ५ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल आफ्नो पक्षमा पारेको छ । एक खेल भने नतिजाविहीन बनेको थियो ।

    हाल जारी लिग–२ को अंक तालिकामा नेपाल २४ खेलबाट ८ जित, १४ हार र २ खेलमा अंक बाँड्दै १८ अंकसहित सातौं स्थानमा रहेको छ । यता स्कटल्याण्ड २८ खेलबाट १४ जित, ८ हार र ६ खेलमा अंक बाँड्दै ३४ अंकसहित दोस्रो स्थानमा छ ।

    यस सिरिजअन्तर्गत मे १४ मा स्कटल्याण्ड र अमेरिका, मे १६ मा नेपाल र अमेरिका, मे १८ मा पुनः नेपाल र स्कटल्याण्ड, मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिकाबीच खेल हुनेछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    फिफा निलम्बनका कारण नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने

    काठमाडौँ । फिफाको निलम्बन फुकुवा नभएपछि नेपालले बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप गुमाउने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ

    एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा खोल्यो पदकको खाता, चीनको अग्रता…

    काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा आएर पदकको खाता खोलेको छ। पुरुष कुमिते ८४ केजीमाथिको

    एसियाडमा नेपालको पहिलो पदक, तेन्जिङ शेर्पाले जिते कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ। कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष

    एसीसी प्रिमियर कप : हङकङ चाइनासँग खेल्दै नेपाल

    काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत आज हङकङ चाइनासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली

    साउदी अरेबियामाथि नेपालको शानदार जित, लगातार तेस्रो जितसँगै सेमिफाइनलमा प्रवेश

    काठमाडौं ।  नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न खेलमा साउदी अरेबियाले

    एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित नेपाली टोली मलेसिया प्रस्थान गर्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

    Techie IT