सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
काठमाडौं| सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरणमा नआएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सर्वोच्च अदालतको पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेशको पालना गर्दै मन्त्रिपरिषद्को भदौ ९ को बैठकले निर्देशन अनुसार दर्ता हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउन निर्देशन दिएको हो । साथै मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मले सूचीकरण गरेमा सक्रिय गराउन समेत प्राधिकरणलाई निर्देशन दिएको जानकारी दिएको छ ।
मन्त्रालय स्रोतका अनुसार सूचीकरण नभएका सामाजिक सञ्जाललाई आजै रातिदेखि क्रमशः बन्द गर्ने तयारी भइरहेको छ । सो निर्णय कार्यान्वयनका लागि सम्बन्धित कम्पनीलाई पत्राचार सुरु गरिएको छ ।सरकारले सामाजिक सञ्जाललाई मन्त्रालयमा अनिवार्य रूपमा दर्ता हुन सात दिनको समय दिएको थियो ।तर, हालसम्म मेटा, अल्फाबेट (गुगल), एक्स, रेडिट, लिंक्डइनजस्ता ठूला कम्पनीले दर्ता प्रक्रिया सुरु नगरेको मन्त्रालयले जनाएको छ।
हालसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्र मन्त्रालयमा सूचीकरण भएका छन् ।
ती सामाजिक सञ्जालका कम्पनीलाई मन्त्रालयले यसअघि नै इमेलमार्फत पत्राचार गरेर सूचीकरणमा आउन पत्राचार गरिसकेको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ३ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ४ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ५ सर्वपक्षीय बैठक बस्दै
- ६ एनपीएलको प्लेअफमा पुगे यी चार टिम, चार बाहिरिए
- ७ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन

तपाईको प्रतिक्रिया दिनुहोस