Techie IT
  • The Film Nepal
  • २०८३ असार २६ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचार‘सुशीला सरकारले जाँचबुझ आयोगको प्रतिवेदन लुकाएर लोकतन्त्रको हुर्मत लियो’

    ‘सुशीला सरकारले जाँचबुझ आयोगको प्रतिवेदन लुकाएर लोकतन्त्रको हुर्मत लियो’


    काठमाडौं, ७ चैत्र । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको दुई तिहाई बहुमतनजिकको सरकार बन्न लागेको भन्दै अब शक्तिशाली सरकारले शक्तिशाली शासन चलाएर सुशासन कायम गर्नुपर्ने सुझाव दिएका छन् । नेपालको इतिहासमा रास्वपाले प्राप्त गरेको चुनावी सफलता अप्रत्यासित भएको भन्दै जनमतको सही सदूपयोग हुनेमा साहले आशंका व्यक्त गरेका छन् ।

    आज (शनिबार) बसेको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै साहले रास्वपा चुनावमा पाएको सफलताको भारी बोक्न नसकेर थिचिएर आफैं सिद्धिने पनि टिप्पणी गरेका छन् । २१ फागुनको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई आत्मसात् गरिएपनि समग्र चुनावी नतिजा अस्वाभाविक, अप्रत्यासित र शंकाको घेरामा रहेको साहको टिप्पणी छ । उनले चुनावमा सत्य, संघर्ष र निष्ठावालाहरू एकातिर र सत्ता–शक्ति र सामाजिक सञ्जालको दुरूपयोग गर्नेहरु अर्कोतिर भएर भाग लिएकोले पनि नतिजामा अस्वाभाविक फेरबदल देखिएको औंल्याए ।

    उनले पार्टी चुनावी नतिजालाई लिएर विचलित नभएको भन्दै आन्दोलन, संघर्ष र सडकको मोर्चा बलियो बनाउने उद्घोष गरे । उनले भने,‘हाम्रो दल स्थापनाकालदेखि नै संघर्षको मोर्चामा अग्रभागमा थियो । हामी दलतन्त्रको विरोधमा र जनताको शासनको पक्षमा दृढ भएर उभिएको इतिहास सफा छ । न्यायप्रेमी जनताको पक्षमा उभिएको पार्टी भएकोले अहिलेको मतपरीणामबाट विचलित हुनुपर्ने कुनै कारण छैन ।’

    साहले कांग्रेस, एमाले र नेकपाजस्ता ठूला दलका ठूला नेताको नेतातन्त्र र दलतन्त्रको अभ्यासको कारण मुलुकले भदौ २३ र भदौ २४ गतेको घट्ना व्यहोर्नुपरेको पनि स्मरण गराए । उनले भने,‘ठूला दलका ठूला नेताहरुको कुकर्मको कारण जेनजी विद्रोह भएको थियो, मूलतः जेनजी विद्रोह सही थियो । तर, युवा पुस्ताको बलिदानीलाई सुशीला कार्कीहरु र रास्वपाले अपहरण गरेर आफ्नो स्वार्थपूर्ति गर्ने काम गरे । यो इतिहासमै अक्षम्य अपराध हो । जेनजीहरुको बलिदानी केवल चुनावमार्फत पूराना फालेर नयाँको नाममा पूरानै अनुहार ल्याउनु थिएन । त्यो विद्रोह त संविधान र सिस्टम सुधारको लागि थियो । तर, जनविद्रोहमाथि गद्दारी गरियो । व्यवस्था उही पूरानै र बिग्रिएको राखेर, संविधानमा कुनै सुधार नगरि चुनावमात्रै गराईयो । यसले कुनै निकास दिँदैन । मुलुक आन्तरिक विवाद र ठूलो दुश्चक्रमा फसेको छ ।’

    उनले विश्वका धेरैजसो देशमा लोकप्रियतावादी हावा चलेको बेलामा संघर्षको मैदानमा खडा भएकाहरू ओझेलमा पर्ने गरेको भएप्नि ती आईल्याई नहाल्ने तर्क गरे । उनले भने,‘यो सत्य स्विकारौं । बालेन–रविको हावा योजनावद्ध रूपमा चलाईयो, त्यसको विपक्षमा हामी उभियौं । बालेनलाई काठमाडौंको लोकप्रिय मेयरको रूपमा प्रचार गरिँदापनि आजपाले यहाँका श्रमिक वर्ग (कवाड व्यवसायी/संकलक, सडकमा मकै पोल्ने आमाहरु, सुकुम्बासी) हरूको पक्षमा लडेको इतिहास ताजा नै छ । हामी लोकप्रियताको पछि लागेनौं । हामी लोकतन्त्रको पक्षमा र लोकहितको पक्षमा उभियौं । त्यसमा म नेतृत्वको हिसाबले गर्व गर्दछु ।’
    उनले आज नायक बनाईएकाहरु छिट्टै खलनायक बन्ने पक्का रहेको औंल्याए ।

    उनले भने,‘यो देश इतिहासदेखि नै गर्व गर्नलायक देश हो । यो देश कहिल्यै कसैको गुलाम बनेन । सधैं स्वतन्त्र रहँदै आएको छ । यो देशमा नायकीपन र जादुको शासन चल्नेवाला छैन । राजनीतिमा बनाईएको व्यक्तिले नेतृत्व दिन सक्दैनन्, असलमा नेता संघर्षको मैदानबाट खारिएर आउनुपर्छ । संघर्ष र आन्दोलन रोज्नेहरुले नै देश र जनताको भलाईको लागि काम गर्नेछन् ।’

    साहले राजनीतिक इतिहास र इमान नभएकाहरुलाई निर्वाचनमा जिताईएको टिप्पणी गरे । उनले भने,‘निर्वाचन भएको एक महिना हुन लाग्यो मतदाताले आफ्नो उम्मेदवार चिनेका छैनन् । योभन्दा विचित्र के हुन्छ ? रास्वपालाई दुई तिहाई बहुमतको लागि बधाई भन्न चाहन्छु, तर शंकाको सुविधासहित । तपाईंहरु न्यायप्रेमी जनताको पब्लिक अडिटमा हुनुहुन्छ । हामीजस्तो सधैं सत्य र न्यायको पक्षमा उभिने र भुईंमान्छेहरुको लागि संघर्ष गर्ने दलहरुको निगरानीमा हुनुहुन्छ ।’ साहले स्वयम रास्वपाको नेतृत्व यो निर्वाचन परीणामलाई देखेर आश्चर्यचकित रहेको र पूरा देश र दुनियाँ नै छक्क परेको पनि टिप्पणी गरे ।
    पूर्वमन्त्री साहले जेनजी आन्दोलनको कथा रच्ने र छद्यमभेषीको भूमिका खेल्नेहरुले अहिलेको निर्वाचनमा एकतर्फी नतिजा ल्याउन भूमिका खेलेको भनेर निश्कर्ष आउन थालेको टिप्पणी गरे ।

    उनले भने,‘राजकाजमा कुनै अनुभव नभएकाहरुको हातमा देशको तालाचाबी सुम्पिनु आँफैमा घातक छ । राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धको मामिलामा पनि अहिले नेपाल एकदमै अप्ठ्यारो अवस्थामा परेको छ । मध्यपूर्वमा युद्ध चलिरहेको छ । त्यसको असर नेपालको चुलोसम्म आईपुगेको छ । अब बन्ने सरकारले त्यसबारेमा के सोचेको छ ? तयारी कस्तो गर्दैछ ? यो आजको अहम विषय हो । भारत र चीनजस्ता शक्तिशाली र विशाल छिमेकीसँगको सन्तुलित सम्बन्ध अबको सरकारले कायम गर्न सक्छ त ? यो पनि गहन प्रश्न बनेर तेर्सिएको छ ।’

    साहले भदौ २३ र भदौ २४ गतेको घट्नाको बारेमा छानबिन गर्न बनाईएको जाँचबुझ आयोगले प्रतिवेदन बुझाईसक्दापनि सरकारले सार्वजनिक नगरेकोमा आक्रोश पोखे । उनले भने,‘जेनजी आन्दोलनमा एउटा पक्षलाई अपराधी, हत्यारा भनेर प्रचार गरियो । तर, निर्वाचनअघि जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिएन । पटक–पटक म्याद थपेर समय गुजारियो । फागुन २१ को निर्वाचन जेनजी आन्दोलनको दोषी को हो ? भन्ने कुरा पनि जनताको चासो थियो, मत हाल्नुअघि जनताले दोषी को रहेछ भनेर थाहा पाउन चाहेको कुरा थियो । तर, सुशीला सरकारले षड्यन्त्रको बिउ रोपेर प्रतिवेदन नै बुझेन् । अहिले निर्वाचन सफल भएपछि प्रतिवेदन बुझिएको छ, तर जनतालाई बुझाईएको छैन । अझै पनि गोप्य राखिएको छ । लुकाईएको छ । बरु, प्रधानमन्त्री जेनजी आन्दोलनका सहीद, घाईतेहरुलाई रुवाएर हेलिकप्टरमा तीर्थयात्रा गर्नमा व्यस्त छिन् । कहिले रारा घुमेको फोटो आउँछ, कहिले मन्दिर दर्शन । पीडित परिवारले न्याय पर्खिएको ६ महिना व्यतित भयो, तर सुशीला सरकारलाई कुनै चासो छैन । सुशीला सरकारको सुशासन पिएलाई जागिर खुवाउने, आफ्नै क्याविनेटका मन्त्रीलाई राष्ट्रियसभामा ६ वर्षको लागि सांसद पद उपहार दिनेमा देखियो ।’




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सार्वजनिक सञ्चारमाध्यममा करार नियुक्तिमा कडाइ, अत्यावश्यक अवस्थामा मात्रै कर्मचारी राख्न…

    काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) र राष्ट्रिय समाचार समिति (रासस)मा

    सरकार ‘होसहवासमा छैन’, लोकतन्त्र संकटमा छ : ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै वर्तमान सरकार ‘होसहवासमा नरहेको’ आरोप

    सहकारी बन्द होइन, सुधार गरेर व्यवस्थित गरिन्छ : मन्त्री प्रतिभा…

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रलाई तत्काल बन्द गर्नु सरकारको उद्देश्य नभएको स्पष्ट पार्दै

    काठमाडौं महानगरको माइक्रोबायोलोजी प्रयोगशाला सञ्चालनमा, खाद्य गुणस्तर परीक्षण अब छिटो…

    काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित माइक्रोबायोलोजी प्रयोगशाला सञ्चालनमा ल्याएको छ। काठमाडौं प्लाजामा

    टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १३ जनाले पाए…

    टेरामक्स प्रविधि खरिदसँग सम्बन्धित बहुचर्चित भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ।

    प्रतिनिधिसभाबाट पर्यटन विधेयक समितिमा, दफावार छलफलका लागि सर्वसम्मत स्वीकृति

    काठमाडौं ।  खडक राज पौडेल ले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने

    Techie IT