मौलापुरकी मेयर रिना साहद्वारा मिस नेवाः वल्र्ड सम्मानित
काठमाडौं, ११ चैत । नेवार समुदायको साँस्कृतिक परिवेशमा केंद्रित जातिय साँस्कृतिक सौन्दर्य प्रतियोगिताका रुपमा संचालन भएको मिस नेवाः वल्र्डको अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको छ ।
ललितपुरमा सम्पन्न सो प्रतियोगिताका विजेतालाई रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह तथा आयोजक संस्था रेक्स इन्टरटेन्मेन्टका अध्यक्ष खगेस रञ्जितकार सहितकाले सम्मानका साथै आगामी दिनको सफलताको शुभकामना व्यक्त गरेका छन् ।
प्रतियोगितामा मिस नेवाः वल्र्ड ११४६ तर्फ ललितपुर स्थित एशियन कलेजकी बिधार्थी जियाना महर्जनले विजेताको ताज पहिरिन सफल भएकी छन् । गत वर्सकी बिजेता लरिशा शाहीले विजेताको ताज लगाइदिएकी हुन् ।
रेक्स इन्टरटेन्मेन्टको ब्यानरमा खगेश रंजीतकार आयोजक रहेको सो कार्यक्रम ईन्टरनेशनल कोरियोग्राफर रोजिन शाक्यले संचालन गरेका थिए । बिगत १५ बर्षदेखी नेवा धर्म, संस्कृति, सम्पदाको जर्गेनाका लागि मिस नेवाः वल्र्ड कार्यक्रम हुदैआएको छ ।
प्रतियोगितामा २४ जना सहभागि सहभागि रहेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा मिस नेवाः वल्र्ड ११४५ लरिशा शाही, मिस नेवाः आईकन ११४५ रोजिका बज्राचार्य, डान्स कोरियोग्राफर रोहिया महर्जन, मिडियाकर्मीद्धय प्रभा अमात्य र मन्दिरा राउत रहेका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
- ७ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित

तपाईको प्रतिक्रिया दिनुहोस