सुन तोलामा रु १,९०० र चाँदी रु ४० ले महँगियो
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला रु १,९०० र चाँदीको मूल्य प्रतितोला रु ४० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ८४ हजार कायम भएको छ। त्यसैगरी चाँदीको मूल्य प्रतितोला रु ४ हजार २४० निर्धारण गरिएको छ।
महासङ्घका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला रु २ लाख ८२ हजार १०० र चाँदी प्रतितोला रु ४ हजार २०० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस ४ हजार ३१ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ४ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ५ आईएसपीको अर्बौं बक्यौता असुली प्रक्रिया अघि, किस्ताबन्दीमा तिर्न सेवा प्रदायकको प्रस्ताव
- ६ काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन
- ७ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

तपाईको प्रतिक्रिया दिनुहोस