Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २५ आईतवार

    अपडेट
    गृहपृष्ठ ∕ राष्ट्रिय ∕ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न

    सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न


    ललितपुर/ १५ मंसिर,असेज वाव संस्थाद्वारा ललितपुर महानगरपालिका वडा नम्बर २७, सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न भएको छ।

    ख्रिस्टियन धर्मप्रति आस्थावान परमेश्वरको मण्डली जागिरे युवाहरूको स्वयंसेवक समूह असेज वावले आइतबार सुनाकोठी मा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न गरेको हो ।

    वडा नम्बर २७ का वडाध्यक्ष कृष्णहरि महर्जनको प्रमुख आतिथ्यता भएको गाेष्ठीमा ललितपुर जिल्ला समन्वय समितिका उप-प्रमुख रामलाल थिङ, वडा स्वास्थ्य कार्यान्वयन समितिका संयोजक रामदेवी महर्जन, सुनाकोठी स्वास्थ्य चौकीका सदस्य सचिव डिल्ली राम श्रेष्ठ, वडा नम्बर २७ विकास तथा सुशासन समितिका संयोजक निरोज महर्जन, हामी माया गर्छौं फाउन्डेसन नेपालका अध्यक्ष किशोर सामसाेहाङ र असेज वावका संयोजक जय महर्जन लगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । “सन् २०४० सम्म प्लास्टिक प्रदूषणलाई अन्त्य गरौं” भन्ने मूल नाराका साथ भएको उक्त गोष्ठी गोष्ठीमा

    वडाध्यक्ष कृष्णहरि महर्जनले युवाहरूले चालेको यो कदम अत्यन्तै सराहनीय भएको र भविष्यमा पनि असेज वावले गर्ने कार्यहरूमा वडाले सधैँ साथ समर्थन जनाउने कुरा बताउनुभयो ।

    त्यसैगरी असेज वावका संयोजक जय महर्जनले जागिरे युवाहरूले जीविकोपार्जन गर्न काम मात्र गर्ने नभई सम्पूर्ण जीवित प्राणीहरूको एकमात्र ग्रह पृथ्वीलाई बचाउन विभिन्न स्वयंसेवाका गतिविधिहरू गर्दैआएको बताउनुभयो। उहाँले प्लास्टिकमुक्त पृथ्वी निर्माण गरी वर्तमान र भावी पुस्तालाई स्वच्छ र स्वस्थ पृथ्वी हस्तान्तरण गर्नको लागि यो गोष्ठी आयोजना गरिएको बताउनुभयो ।
    गोष्ठीमा राष्ट्रिय गान, प्लास्टिक मुक्त बनाउनका लागि प्रेरित गर्ने गीत, असेज वावका गतिविधि श्रव्यदृश्य र प्लास्टिकले विश्वमा पुर्‍याएको असरसम्बन्धि प्रस्तुतिकरण  गरिएको थियो ।
    गोष्ठीमा जनप्रतिनिधिहरूले असेज वाव प्लास्टिकमुक्त अभियान २०४०” समर्थनयुक्त हस्ताक्षर पत्रमा हस्ताक्षर गर्नुभई प्लास्टिक प्रदूषण रोक्नको निम्ति एक्यबद्धता पनि जाहेर गर्नुभएको थियोे । गोष्ठीमा महिला स्वास्थ्य स्वयंसेविकाहरू, वडाबासीहरू र असेज वावका सदस्यहरू समेत ७५ जनाको सहभागिता थियो ।
    असेज वावमा आबद्ध रहेको परमेश्वरको मण्डली १ सय ७५ वटा देशहरूमा ७ हज ८ सयवटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करीब ३९ लाख २० हजार सदस्यहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा गत जुन महिनासम्म ५७,४३७ जनाले ९५८ पटकसम्म विभिन्न स्वयंसेवा गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान, र सांस्कृतिक आदानप्रदान जस्ता गतिविधिहरू ४४,००० पटकभन्दा बढी गरिएको छ । परमेश्वरको मण्डलीले संयुक्त राष्ट्रिय अमेरिकाबाट तीन वटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीन वटा राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,४०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको असेज वावका सदस्य रुपक घिमिरेले जानकारी दिनुभयो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    पढ्न चाहने बालबालिकाका लागि मेरो सहयोग निरन्तर रहनेछ – मोहन…

    सिन्धुपाल्चोक,गाउँगाउँका सामुदायिक विद्यालयमा शुद्ध पिउने पानीका लागि ‘वाटर डिस्पेन्सर’, सबै विद्यार्थीका लागि एउटै पोसाक र हातहातमा शैक्षिक सामग्री सुन्दा कुनै

    नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, ९३.८८ प्रतिशत मतसहित खड्गीमाथि…

    काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी बहुमतका साथ विजयी भएका छन्।

    नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट…

    काठमाडौँ — मलेसियामा कार्यरत नेपाली राष्ट्रियताका श्रमिकहरूका लागि खुसीको खबर छ। मलेसिया सरकारले आगामी वर्ष २०२७ को बजेट सार्वजनिक गर्दै

    नेपालमै फाइभ-जी सेवा सुरु गर्ने सरकारको तयारी, श्रम होइन प्रविधि…

    काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यसहित सरकारले यसै वर्ष फाइभ–जी

    दसैँको अग्रिम टिकट बुकिङ आजदेखि खुला: टिकट लिन बिहीबार राति…

    काठमाडौँ — महान् चाड दसैँमा घर जाने यात्रुहरूका लागि सरकारले आज (शुक्रबार) देखि लामो तथा मध्यम दूरीका सवारीसाधनको अग्रिम टिकट

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    Techie IT