Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २७ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारसुनसरीमा बस र विङ्गर ठोक्किदा ४ जनाको मृत्यु, २३ घाइते

    सुनसरीमा बस र विङ्गर ठोक्किदा ४ जनाको मृत्यु, २३ घाइते


    सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एक आपसमा ठोक्किंदा तीन जनाको निधन भएको छ । १५ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहान करिब ७ बजे काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको मातृ डिलक्स बस र सप्तरीको राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ज ००४८ नम्बरको विङ्गर माइक्रो ठोक्किँदा दुर्घटना भएको हो ।

    । घाइतेहरुको इनरुवा, विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ । मृतक तीन जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा सप्तरी मधावे गाउँपालिका– ६ बस्ने अन्दाजी ३५ वर्षीय शंकर मण्डल र सुनसरीको कोशी गाउँपालिका– ६ का ७० वर्षीय लक्ष्मण सदाको मृत्यु भएको हो । अर्का मृतक विराटनगरका अशोक यादवको भएको खुलेको छ । मृतक महिलाको भने पहिचान खुलेको छैन ।

    प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ भने घाइते रहेका विङ्गरका चालकको उपचार जारी रहेको बताएको छ । हाल घाइतेको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहा, जिल्ला अस्पताल ईनरुवासहितका अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि छलफल सुरु हुने; विनियोजन र…

    काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा आर्थिक

    आज देशका अधिकांश क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही…

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक

    धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना…

    धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा

    महावीर पुन मन्त्री बन्दै

    काठमाडौं । म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले पुनलाई विज्ञान, प्रविधि

    गृहमन्त्रीमा फेरि सुधन गुरुङ, आजै शपथको तयारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले

    प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा आर्थिक वर्ष २०८३/०८४ को

    Techie IT