सुदुरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत पाए
धनगढी।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत प्राप्त गरेका छन्।नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले समर्थन फिर्ता लिएपछि बिहीबार मुख्यमन्त्री शाहले प्रदेश सभामा विश्वासको मत माग गरेका थिए। सो मागसँगै उनले विश्वासको मत प्राप्त गरेका हुन्।
संघीय सरकारमा सत्ता साझेदार दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्विप जारी गरेको थियो। त्यस अनुसार मुख्यमन्त्री शाहले कांग्रेसको १८ र एमालेको ११ मत प्राप्त गरेका छन्।दुई दलबाट प्राप्त भएको २९ मत सरकार टिकाउन पर्याप्त छ।
समर्थन फिर्ता गरेको नाउपाकै एक सांसद कैलाश चौधरीले पनि मुख्यमन्त्री शाहको पक्षमा मत दिएका छन्। नाउपाका अन्य ६ जना सांसद भने अनुपस्थित थिए।नेकपा माओवादी केन्द्रका १० जना, नेकपा एकीकृत समाजवादीका ३, राप्रपाका एक जना र स्वतन्त्रका एक जनाले विपक्षमा मतदान गरे।
कुल ४५ जना सांसदहरू मतदानमा सहभागी भएका थिए।
राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीले विपक्षमा मत हालेका हुन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित
- ७ नेपाल–भारतबीच विद्युत् प्रसारण क्षमता विस्तार गर्ने सहमति, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

तपाईको प्रतिक्रिया दिनुहोस