सुकुम्बासीलाई लालपुर्जा दिएर समस्याको समाधान गरौं : प्रभु साह
काठमाडौं ।आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर मानवता विरोधी अपाराध गरेको बताएका छन् । उनले सरकारले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर नाकाबन्दी गरेको टिप्पणी गरे ।
काठमाडौंको बिभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीमा आजपा अध्यक्ष साहले उनीहरुको अवस्था बुझ्दै विभिन्न समस्याको बारेमा छलफल गरेका छन् । मंगलबार काठमाडौंका सुकुम्बासी बस्तीमा पुगेका साहले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर सरकार अमानविय अपराध गरेको बताउदै खानेपानीको व्यवस्था गर्न माग गरेका छन् ।
‘सरकारले सुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्था गरेको छैन् । उनीहरुलाई शुद्ध खानेपानी नदिएर सरकारले मानवता विरोधी अपराध गरेको छ । फोहोर पानीमा डुब्ने, सरकारलाई कर दिने, उम्मेदवारलाई मतादान गर्ने तर उनीहरुलाई खानेपानी नदिएर सरकारले नाकावन्दी नै गर्यो । उनीहरुको समस्या समाधान गर्न सरकारले चासो दिएन्, यो ठिक होईन् । हामी त्यतिकै छोड्दैनौं’, आजपा अध्यक्ष साहले भने, ‘सुकुम्बासी बस्तीका समस्या समाधान गरी उनीहरुलाई व्यवस्थित रुपमा गाँस, बाँस र कपासको व्यवस्था सरकारले गर्न आवश्यक छ ।’
सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री र केही सिमित नेताहरुले आफ्नो क्षेत्रको समस्या मात्रै समस्याको रुपमा बुझेको बताउदै उनले काठमाडौंको बिभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीहरुको समस्या समाधान गर्नुपर्ने जोड दिए । नेताहरुले आफ्नो क्षेत्रमा लालपुर्जा बाँड्ने तर काठमाडौंको सुकुम्बासी समस्या समाधानमा चासो नदिएको उनले बताए । काठमाडौंका सुकुम्बासीहरुलाई लालपुर्जा दिएर यो समस्या समाधान गर्नुपर्ने उनले बताए ।
अहिलेको दलाल एवं लुटकारी दलतन्त्रका कारण सुकुम्बासीको समस्या समाधान हुन नसकेको बताउदै उनले दलाल दलतन्त्रको अन्त्य र सुकुम्बासी समस्याको समाधानका लागि तेस्रो जनआन्दोलनमा सहभागि हुन उनले आग्रह गरेका छन्् ।
दलाल एवं लुटकारी दलाल दलतन्त्रको अन्त्यका लागि तेस्रो जनआन्दोलनको घोषणा गरेका साह यतिवेला आन्दोलन सफल बनाउने रणनीतिका साथ भेटघाट एवं छलफलमा रहेका छन् । उनले गत वर्षको चैत्र २४ गते भृकुटीमण्डपबाट नै तेस्रो जनआन्दोलनको ऐलान गरेका थिए । सोहीअनुसार यही चैत्र २४ गते भृकुटीमण्डपमा आयोजना हुने तेस्रो जनआन्दोलन कार्यक्रमलाई सफल बनाउनको लागि उनी सुकुम्वासी अगुवाहरुसँग छलफलमा गरेका हुन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ विजुली बत्ती जान थालेपछि यसको समाधान गर्न शाक्यले निर्देशन दिए
- ३ धमाधम छापिँदैछ नमुना मतपत्र
- ४ प्रचण्ड रुकुमपश्चिमबाट चुनाव लड्ने
- ५ कांग्रेस विशेष महाधिवेशन आजबाट सुरू हुँदै
- ६ निर्वाचन आयोगमा फागुन २१ को निर्वाचन बारे दलहरुसँग छलफल
- ७ कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा पुग्यो

तपाईको प्रतिक्रिया दिनुहोस