Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ समाचार ∕ सुकुम्बासीलाई लालपुर्जा दिएर समस्याको समाधान गरौं : प्रभु साह

    सुकुम्बासीलाई लालपुर्जा दिएर समस्याको समाधान गरौं : प्रभु साह


    काठमाडौं ।आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर मानवता विरोधी अपाराध गरेको बताएका छन् । उनले सरकारले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर नाकाबन्दी गरेको टिप्पणी गरे ।

    काठमाडौंको बिभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीमा आजपा अध्यक्ष साहले उनीहरुको अवस्था बुझ्दै विभिन्न समस्याको बारेमा छलफल गरेका छन् । मंगलबार काठमाडौंका सुकुम्बासी बस्तीमा पुगेका साहले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर सरकार अमानविय अपराध गरेको बताउदै खानेपानीको व्यवस्था गर्न माग गरेका छन् ।

    ‘सरकारले सुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्था गरेको छैन् । उनीहरुलाई शुद्ध खानेपानी नदिएर सरकारले मानवता विरोधी अपराध गरेको छ । फोहोर पानीमा डुब्ने, सरकारलाई कर दिने, उम्मेदवारलाई मतादान गर्ने तर उनीहरुलाई खानेपानी नदिएर सरकारले नाकावन्दी नै गर्यो । उनीहरुको समस्या समाधान गर्न सरकारले चासो दिएन्, यो ठिक होईन् । हामी त्यतिकै छोड्दैनौं’, आजपा अध्यक्ष साहले भने, ‘सुकुम्बासी बस्तीका समस्या समाधान गरी उनीहरुलाई व्यवस्थित रुपमा गाँस, बाँस र कपासको व्यवस्था सरकारले गर्न आवश्यक छ ।’

    सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री र केही सिमित नेताहरुले आफ्नो क्षेत्रको समस्या मात्रै समस्याको रुपमा बुझेको बताउदै उनले काठमाडौंको बिभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीहरुको समस्या समाधान गर्नुपर्ने जोड दिए । नेताहरुले आफ्नो क्षेत्रमा लालपुर्जा बाँड्ने तर काठमाडौंको सुकुम्बासी समस्या समाधानमा चासो नदिएको उनले बताए । काठमाडौंका सुकुम्बासीहरुलाई लालपुर्जा दिएर यो समस्या समाधान गर्नुपर्ने उनले बताए ।

    अहिलेको दलाल एवं लुटकारी दलतन्त्रका कारण सुकुम्बासीको समस्या समाधान हुन नसकेको बताउदै उनले दलाल दलतन्त्रको अन्त्य र सुकुम्बासी समस्याको समाधानका लागि तेस्रो जनआन्दोलनमा सहभागि हुन उनले आग्रह गरेका छन्् ।

    दलाल एवं लुटकारी दलाल दलतन्त्रको अन्त्यका लागि तेस्रो जनआन्दोलनको घोषणा गरेका साह यतिवेला आन्दोलन सफल बनाउने रणनीतिका साथ भेटघाट एवं छलफलमा रहेका छन् । उनले गत वर्षको चैत्र २४ गते भृकुटीमण्डपबाट नै तेस्रो जनआन्दोलनको ऐलान गरेका थिए । सोहीअनुसार यही चैत्र २४ गते भृकुटीमण्डपमा आयोजना हुने तेस्रो जनआन्दोलन कार्यक्रमलाई सफल बनाउनको लागि उनी सुकुम्वासी अगुवाहरुसँग छलफलमा गरेका हुन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते…

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको बडादसैँका लागि घटस्थापनादेखि विजयादशमी (टीका) सम्मको आधिकारिक साइत र धार्मिक समय

    “साइबर सुरक्षा र प्रविधि बलियो बनाएर अनलाइन मतदानतर्फ अघि बढ्छौँ”…

    काठमाडौँ — निर्वाचन आयोगले नेपालमा अनलाइन मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे सम्भाव्यता अध्ययन र प्राविधिक प्रदर्शन कार्यक्रम

    दसैँ, तिहार र छठका लागि असोज २३ गतेदेखि सार्वजनिक यातायातको…

    काठमाडौँ — सरकारले आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आगामी असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    Techie IT