सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
काठमाडौं , जेठ ११ /दक्षिणकाली नगरपालिका–५ महाकालमा २० दिने महिला सीप विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा सामाजिक विकास नेपालको संयोजनमा भएको उत्तः तालिम सोमबार सम्पन्न भएको हो ।
स्थानीय नियकायका ३० जना महिलाहरुलाई लक्षित गरी क्रिस्टल तथा पोतेका सामग्री बनाउने सम्बन्धी उक्त तालिमको समापन कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत प्रमुख अतिथिका रूपमा सम्वोधन गर्दै सम्पन भएको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आयआर्जनसँग जोड्न सहभागीलाई आग्रह गर्नुभयो । उहाँले गुणस्तरीय सामग्री उत्पादन गर्न सके स्थानीय सरकारका तर्फबाट बजारीकरणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उद्यमी बन्न सानो बाट सुरु गर्न सकिने भन्दै उहाँले प्राप्त शिपलाई बजार सम्म लैजान र प्राप्त ज्ञान शिपलाई मर्न नदीन आग्रह गर्नुभयो ।
संस्थाकी अध्यक्ष मनिशा पोखरेलले छोटो अवधिमा सहभागीहरूले उल्लेखनीय सिकाइ हासिल गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले क्रिस्टल तथा पोतेजन्य सामग्रीको बजार राम्रो रहेकाले उत्पादनमा सक्रिय हुन सहभागीलाई प्रेरित गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि सुरेश निरौला, प्रशिक्षक कृष्णा शाही तथा सामाजिक विकास नेपालकी अध्यक्ष मनिशा पोखरेल, स्थानिय निकायका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहित संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।तालिममा सहभागी महिलाहरूले सीपमूलक ज्ञान प्राप्त गरेको र आगामी दिनमा आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरेका छन् । आयोजकका अनुसार यस्ता कार्यक्रमले महिला सशक्तीकरणसँगै स्थानीय स्तरमा रोजगारी र उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
२० दिन सम्म चलेको तालिमामा ३५ प्रकारका सामागी्रहरु बनउने शिप हस्तान्तरण गरेको प्रशिक्षक शाहीले बताउनु भयो । तालिमामा सहभागीलाई प्रमाण पत्र साथै उत्कृष्ट सहभागीलाई आफैले उत्पादन गरेको बस्तुहरु पुरस्कार र मायाको चिनो समेत प्रदान गरीएको थियो ।
महिला शसत्तिकरणका क्षेत्रमा कार्यरत सामाजिक विकास नेपालले यस अधि पनि विभिन्न निकायमा यस प्रकारका पमला शसक्तिकरण र आय आर्जनको क्षेत्रमा कार्य गर्दै आएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ प्रधानमन्त्री बालेन्द्र शाहको निजी क्षेत्रसँग छलफल
- २ राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- ३ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- ४ सहकारी बन्द होइन, सुधार गरेर व्यवस्थित गरिन्छ : मन्त्री प्रतिभा रावल
- ५ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ६ फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
- ७ प्रतिनिधिसभाबाट पर्यटन विधेयक समितिमा, दफावार छलफलका लागि सर्वसम्मत स्वीकृति

तपाईको प्रतिक्रिया दिनुहोस