Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ३ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारसिरहाको पहिचान, सम्मान, समृद्धि, र श्रेष्ठताका लागी मैले उम्मेदवारी दिएको छु : आजपा उम्मेदवार यादव

    सिरहाको पहिचान, सम्मान, समृद्धि, र श्रेष्ठताका लागी मैले उम्मेदवारी दिएको छु : आजपा उम्मेदवार यादव


    सिरहा, १३ फागुन आम जनता पार्टी (आजपा) का नेता एवं सिरहा–२ का उम्मेदवार बिल्टु यादवले घरदैलो, भेला, भेटघाट एवं छलफललाई तिब्रता दिएका छन् ।

    सिरहाको सुखीपुर नगरपालिकाको बलही, कसहा, महादेवा सहितका गाउँमा यादवले घरदैलो गर्दै यसपटक मोबाइलमा मतदान गर्न अपिल गरेका छन् । सिरहाको समग्र विकासका लागि मोबाइल छापका उम्मेदवारलाई मतदान गरेर बिजयी बनाउन उनले आग्रह गरेका छन् ।

    सिरहाको नयाँ पहिचान, सम्मान, समृद्धि, र श्रेष्ठताका लागी आफूले संघर्ष गर्दै आएको बताउदै उनले यसपटकको निर्वाचनमा मोबाइल छापमा मतदान गर्न अपिल गरे ।

    ‘सिरहाका न्यायप्रेमी, सचेत र स्वाभिमानी जनताले भ्रष्टाचार, ठगी र बेइमानी विरुद्ध सुशासन, बदलाव र विकासको पक्षमा सिरहाको पहिचान, सम्मान, समृद्धि र श्रेष्ठताका लागि मोबाईल छापमा मतदान गरी आम जनताको शक्ति स्थापित गर्नुहुनेछ । आम जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो । वचन पूरा गर्नु नै मेरो राजनीतिक संस्कार र दायित्व हो,’ यादवले भने ।

    ‘सिस्टम सुधार, स्थिर सरकार ! मोबाइल नै हो बदलावको आधार’, स्थिरता, सुशासन र विकासका लागि मोबाइलमा मतदान, जनउत्तरदायी लोकतान्त्रिक अभ्यास र दलतन्त्र बिरुद्ध आम जनताको सरकारका लागि यसपटक मोबाइलमा मतदान गर्नका लागि आम मतदाता तयार रहेको उनले बताए ।

    दलतन्त्र बिरुद्धको संघर्षलाई सफल बनाउन, जनतालाई देशको मालिक बनाउन र आधुनिक नेपाल निर्माण गर्ने अभियानमा सहभागि हुनका लागि सबैलाई मोवाईलमा मतदान गर्न समेत उनले अपिल गरेका छन् ।

    स्थिरता, सुशासन, बदलाव र विकास, जनउत्तरदायी–लोकतान्त्रिक अभ्यास, सिस्टम सुधार, सुशासनको आधार, दलतन्त्र विरुद्ध आम जनताको सरकार र सिरहाको पहिचान, सम्मान, समृद्धि र श्रेष्ठताका लागि आफूले सिरहा–२ बाट उम्मेदवारी दिएको उनले जनाएका छन् ।

    आम जनताको शासन भ्रष्टाचार मुक्त प्रशासन, सुशासनको आधार पारदर्शी एंव जनउत्तरदायी सरकार, वितीय शोषणको अन्त्य, पीडÞितलाई न्याय, शून्य कर नीति, उत्पादनमा वृद्धि, फराकिलो बाटो, न खाल्डाखुल्डी, न धुलोमाटो, घर घरमा नाला, बस्ती बस्तीमा ढल, मजबूत ऊर्जा पूर्वाधार सहित निःशुल्क विद्युत, बिपत्तिमा राहत, बाली बिमा, प्राकृतिक प्रकोप राज्यको जिम्मा, सीसी क्यामेरा टोलमा, बिजुली बत्ती पोलमा लगायतका लक्ष्य सहित यादव चुनावी अभियानलाई तिब्रता दिएका छन्




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT