Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २ शनिबार

    अपडेट
    गृहपृष्ठबिचारसिन्धु त्रिवेणीघाटको सम्भावना  

    सिन्धु त्रिवेणीघाटको सम्भावना  


    मेलम्ची / सिन्धुपाल्चोकको त्रिवेणीघाटको त्यति चर्चा गरिएको पाइन्न । मेलम्ची नगरपालिकाको सिन्धु उपत्यकामा अवस्थित प्रसिद्ध त्रिवेणीघाटको धार्मिक महत्व ज्यादा छ ।  रसुवा जिल्लास्थित गोसाइँकुण्डको पदमार्गमा पर्ने लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रबाट सुरु भएर नुवाकोटको पाटीभन्ज्याङ हुँदै सिद्धेश्वर महादेवको मन्दिरपरिसरमा त्रिवेणी सङ्गम बनेको सिन्धु नदी धार्मिक दृष्टिले महत्वपूर्ण छ । सिन्धु नदी इन्द्रावती नदी हुँदै सुनकोशी भएर सप्तकोशीमा मिसिन्छ ।

    नुवाकोट जितेर काठमाडौँ उपत्यका हमला गर्नुपहिले वस्तुस्थिति बुझ्ने क्रममा पाटीभन्ज्याङ हुँदै पृथ्वीनारायण शाह सिन्धुकोट आएको इतिहासमा पाइन्छ । नुवाकोट र सिन्धुपाल्चोकको सिमानामा पर्ने पाटीभन्ज्याङभन्दा पूर्वतर्फको अग्लो डाँडामा कोटदेवीको मूर्ति प्रतिस्थापन गरी शक्ति आर्जनका लागि मौलासमेत गाडिएको प्रमाण अहिलेसम्म ताजै छ । सिन्धुकोटको कोटदेवी मन्दिरपरिसरमा रहेको मौलोमा हरेक साल महाअष्टमीका दिन बलिसहितको पूजा अहिले पनि गरिन्छ । उक्त कोटमा देवीको उपासना गरेर केही तलको त्रिवेणीघाटमा स्नानादि कर्म गरेर पृथ्वीनारायण शाहले उपत्यका आक्रमण गरी विजय हासिल गरेको किंवदन्ती पाइन्छ । त्यसपछि पृथ्वीनारायण शाहबाट गुठी स्थापना भएको बताइन्छ । गुठी संस्थानमा अझै धेरै जग्गा सिद्धेश्वर महादेवका नाममा कायम रहेको छ ।

    पश्चिमतर्फको पाटीभन्ज्याङबाट आउने सिन्धुखोला, दक्षिणतर्फको शिवपुरी पर्वत शृङ्खलाबाट सुरु भएको महादेवखोला र उत्तरतिर धवलेश्वरको लेकदेखि बहँदै आएको अर्चलेखोलाको एउटै मिलनविन्दु सिद्धेश्वर महादेवको मन्दिरपरिसरको त्रिवेणीघाट हो ।

    सिन्धु नदी र सिन्धुकोट दुवैको बरोबर मात्रामा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व रहेको हुँदा यसतर्फ सबैको ध्यान जानु जरुरी छ । सिन्धु नदी, सिन्धुकोट र पाल्चोक भगवतीको महिमालाई ध्यानमा राखी जिल्लाको नाम नै सिन्धुपाल्चोक कायम गरिएको हो । धार्मिक दृष्टिले बरोबर महत्व बोकेका यी तीन धरोहरको सन्धि गरेर भएको जिल्लाको नामकरणबाटै सिन्धु उपत्यकाको महत्व स्वतः उजागर हुन्छ । तिब्बतको पहाडी हिमशृङ्खला हुँदै मानसरोवरबाट बहेर भारतको लद्दाख, जम्मुकाश्मीर आदि छिचोल्दै अरब सागरमा विलय हुने सिन्धु नदीको महिमा जति ठुलो छ; त्योभन्दा हाम्रो सिन्धुको के कम छ ? साक्षात् भगवान् शिवको वासस्थान रहेको पर्वतशृङ्खलाको फेदीबाट बहेर आउने नेपालको सिन्धु नदीको महिमा कुनैको भन्दा कम छैन ।

    सिन्धु शब्दले गङ्गा, यमुना, सरस्वती, नर्वदा, काभेरी आदि नामले सम्बोधन गरिने सात महासागरको जलप्रवाहलाई इङ्गित गर्न खोजेको अर्थ लाग्छ । नदीलाई हिन्दुहरूले मुक्तिदातृ, पापमोचनी र जीवनदान दिने मातृशक्तिका रूपमा लिने गर्छन् ।
    हिन्दु धर्मशास्त्रहरूमा सिन्धु नदीको महिमा मुक्तकण्ठले वर्णन गरिएको पाइन्छ । नेपालका विभिन्न तीर्थस्थलमध्येको प्रमुख गोसाइँकुण्डको बेग्लै महत्व छ । यसै कुण्डको तल्लो तटीय क्षेत्रबाट बहेर आएकी सिन्धु नदी इन्द्रावतीको त्यसै कारणले पनि महत्व छ । हिन्दुशास्त्रीय दृष्किोणबाट अपार महत्व बोकेकी नेपालकी सिन्धु नदीको मूलप्रवाहमा समाहित भएर बहने महादेवखोला र अर्चलेखोलाको सङ्गम विन्दु पहिल्याएर त्रिवेणीघाट बनाइएमा हिन्दुका लागि आकर्षण केन्द्र बन्न जान्छ । मेलम्ची नगरपालिकाको १, २ र ५ वडाको मिलनविन्दुमा पर्ने सिद्धेश्वर महादेवको मन्दिरपरिसरको त्रिवेणीघाटलाई मित्रराष्ट्र भारतको इलाहाबादस्थित प्रयागराजसँग तुलना गर्न मिल्छ । संसारभरका हिन्दु भेला भएर मकरमेला, माघेसङ्क्रान्ति, गङ्गादशहरा जस्ता पर्वमा प्रयागराजमा विशेष मेला लाग्छ । त्यही मेला सिन्धु उपत्यकास्थित घाटमा किन नलाग्ने ? नदीको सङ्गमको आडमै सिद्धेश्वर महादेवको मन्दिर रहेकाले पनि यस ठाउँको गरिमा अझ बढेको छ ।

    काठमाडौँबाट करिब एक घण्टाको मोटरबाटोले जोडिएको यो स्थान सिन्धु उपत्यकाभित्र पर्छ । एकातिर सानो इलामको चिया बगानका नामले प्रख्यात चियाबारी अर्कातिर पृथ्वीनारायण शाहले  स्थापना गरेको कोटदेवीको मौलो यसबिचमा पर्ने सिन्धु त्रिवेणीधामको ऐतिहासिक र पर्यटकीय महत्व अपार छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT