Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिसिन्धुपाल्चोकबाट विशेष महाधिवेशनमा एक दर्जन मात्र महाधिवेशन प्रतिनिधि सहभागी हुने

    सिन्धुपाल्चोकबाट विशेष महाधिवेशनमा एक दर्जन मात्र महाधिवेशन प्रतिनिधि सहभागी हुने


    काठमाडौं – नेपाली काँग्रेस सिन्धुपाल्चोकबाट विशेष महाधिवेशनमा एक दर्जन बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्लासमेत रहेको यो जिल्लाबाट ५४ जना महाधविवेशन प्रतिनिधिमध्ये १४ जना सहभागी हुने भएका छन् । यसमा १/२ जना घटबढ हुन सक्ने स्रोतले बताएको छ ।

    नियमित महाधिवेशनको दबाब दिन भन्दै हस्ताक्षर गरेका सिन्धुपाल्चोकका प्रतिनिधिहरूले विशेष महाधिवेशन हुने र पार्टी विभाजन हुने भएपछि हस्ताक्षर गरेपनि महाधिवेशनमा सहभागी नहुने बताएका छन् ।

    ‘पहिला काँग्रेस केन्द्रीय समितिले नै विशेष महाधिवेशन गर्ने र त्यसको दबाबका लागि हस्ताक्षर गरेको भनेर गराएका थिए, एक महाधिवेशन प्रतिनिधिले भने, ‘अहिले महामन्त्रीहरूले महाधिवेशन बोलाउनुभयो पार्टी दुई चिरा हुने भयो । पार्ट फुटाउन हामी जाँदैनौं ।’

    क्षेत्र नम्बर १ बाट ५ जना र २ बाट ९ जना विशेषमा सहभागी हुनेछन् । क्षेत्र नम्बर १ बाट पार्टी वागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सभापति जंग बहादुर लामा,  लिला नेपाल, बल्देव तिमल्सिना र युधिर पौडेल सहभागी हुने स्रोतले बताएको छ । तिमल्सिना बाहेक अन्य चार जना १४औं महाधिवेशनमा केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको टिममा परेर महाधिवेशन प्रतिनिधि र महासिमित सदस्य बनेका थिए । तिमल्सना भने जिल्लामा महाधिवेशन पराजित भएपछि केन्द्रबाट नेविसंघको कोटाबाट महाधिवेशन प्रतिनिधि भएका थिए ।

    श्रेष्ठले जहाँ रुख र चारतारा रहन्छ त्यही रहने बताएका छन् । ‘पार्टी फुट्नुहुँदैन भन्ने मेरो माग हो’, उनले भने, ‘जहाँ रुख र चार तारा रहन्छ म त्यही हुन्छु ।’

    यस्तै २ नम्बर क्षेत्रबाट वंशलाल तामाङ, शिव सुनार, गोपिनी हमाल, प्रकास गुरुङ, कालिका गोले, सविता गुरुङ जिम्मी लामा र शिवहरि नेपाल सहभागी हुनेछन् । जिम्मी लामाले अहिले सो क्षेत्रबाट क्रियाशीले रिन्युसमेत गरेका छैनन् ।

    यसअघि विशेषको पक्षमा हस्ताक्षर गरेका ६ जनाले शनिबार हस्ताक्षर फिर्ता लिइसकेका छन् । हस्ताक्षर फिर्ता लिनेमा भोला बोहोरा, श्री लामा, कविता गुरुङ, सानुमाया हिमालय, लक्ष्मी सुनार र रेनुका श्रेष्ठ रहेका छन् ।  विशेष महाधिवेशन पक्षधरले केन्द्रीय सदस्य बन्नुहुन्छ आउनुस् भनेर विभिन्न प्रलोभन देखाएको महाधिवेशन प्रतिनिधिहरूले गुनासो गरेका छन् ।

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज र भोलि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरेका छन् । यो विशेष महाधिवेशनबाट निति र नेतृत्व परिवर्तन गर्ने उनीहरूले बताएका छन् । सभापति शेरबहादुर देउवा र केन्द्रीय समितिको निर्णविपीत विशेष भेला आयोजना गरिएको हो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT