Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारसिन्धुपाल्चोकका माझी समुदायले धुमधामका साथ मनाए लदि पुजा

    सिन्धुपाल्चोकका माझी समुदायले धुमधामका साथ मनाए लदि पुजा


    काठमाडौं/२१ फागुन,सिन्धुपाल्चोकका माझी समुदायले हरेक वर्ष फागुन महिनाको तेस्रो मङ्गलबार लदि पुजा अर्थात पानीलाई पुजा गरेका छन् ।

    सिन्धुपाल्चोकमा माझी समुदायको बाहुल्यता रहेको इन्द्रावती-११ स्थित बोर्डगाउँको ईन्द्रावती बगरमा उलेख्य माझी समुदायको उपस्थितिमा साँस्कृतिक कार्यक्रम सहित लदि पुजा कार्यक्रमको उदघाटन सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का संघीय सांसद एवम पूर्व मन्त्री मोहनबहादुर बस्नेतले गरेका हुन्  ।

    कार्यक्रमको उदघाटन गर्दै सांसद बस्नेतले माझी समुदायले मनाउने कोशी पुजा परिमार्जित रुपमा अझ सशक्त हुँदै गएको बताउँदै यो पर्वले समाजिक सन्देश प्रभाव गर्ने बताए । सोही कार्यक्रममा नेता बस्नेतले माझी समुदायले मनाउने लदि पुजाको अध्यक्षकोष निर्माणको लागि आफूले ५१ हजार व्यक्तिगत रुपमा राखिदिने उदघोष गरे ।

    कार्यक्रमका विशेष अतिथि ईन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले गाउँपालिकाले विभिन्न जातजातिहरुको साँस्कृतिक पर्वहरुलाई जगर्ना गर्न विविध कार्यक्रम गर्ने गरी योजना बनाएको बताए । अन्य आदिबासी जनजाति भन्दा माझी समुदाय सिमान्तकृत समुदाय भएको हुनाले विशेष प्राथमिकतामा राखिने उदघोष गरे ।

    कार्यक्रममा ईन्द्रावती गाउँपालिका अधिकांश वडाअध्यक्षहरुले लदि पुजाको अवसरमा शुभकामना दिएका दिए । त्यस्तै माझी समुदायका नेताहरुले राज्यले माझी समुदायलाई हरेक कुरामा विभेद गरेको भन्दै आक्रोस पोखे । नेपालमा अन्य समुदाय केन्द्रीत चाडपर्वहरुमा विदा दिने गरेपनि माझी समुदायलाई राज्यले कुनै विदा नदिएको बताए ।

    लदीपूजालाई कोसीपूजा भनेर पनि चिनिन्छ । माझी भाषामा नदीलाई ‘लदि’ भनिन्छ । माझी समुदायको सबैभन्दा ठुलो पर्वका रूपमा लदीपूजालाई लिइन्छ । माझी समुदायले नदीलाई मामा र माझिलाई भाञ्जाको नातासम्बन्धको रुपमा लिने चलन छ । त्यसैले पनि उक्त समुदायमा यो पर्वको विशेष महत्व रहेको वडा नै ११ का वडाध्यक्ष राम्जी माझीले बताए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT