सिंहदरबार छिर्न खोजेका जेनजीहरुमाथि धरपकड
काठमाडौं । गरिखान देऊ अभियानका संयोजक ‘जेनजी’ मिराज ढुंगानाको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ ।मंगलबार जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई त्यहााँट हटाएको हो ।हिजो अपरान्ह पनि २१ वटा जेन–जी समूह पुगेकोमा भित्र छिर्न नदिएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए ।
आज मंगलबार बिहान सिंहदरबार गेटमा पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले लखेटेर अनामनगरको पुल कटाएको थियो । सोक्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो । सोही क्रमममा केही जेनजीहरुलाई चोट पनि लागेको थियो ।
प्रहरीले यो समूहलाई अनामनगरको भाटभटेनीबाट पनि परसम्म हटाएको छ ।सोमबार (मंसिर ८) पनि ढुंगानाको टिम प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने भन्दै सिंहदरबार पुगेको थियो । तर, प्रधानमन्त्रीसित भेट सम्भव भएको थिएन ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ १२ कक्षाको परीक्षाको मिति तय
- २ कस्तो थियो २०७९ को निर्वाचनमा समानुपातिक तर्फ दलहरुले पाएको मत ?
- ३ आजपा बारा–१ का उम्मेदवार विजय यादवको चुनाबी प्रतिबद्धता पत्र सार्वजनिक
- ४ आजदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै
- ५ मधानी महायज्ञ आजदेखी सुरु : भगवान शिवपार्वतीको बरात यात्रा सम्पन्न
- ६ टी- २० विश्वकपमा आज नेपालले इटलीसँग खेल्दै
- ७ रुपन्देहीमा आजपा उम्मेदवारको घरदैलो कार्यक्रम तिब्र, मोबाइलमा मतदान गर्न अपिल

तपाईको प्रतिक्रिया दिनुहोस