Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारसिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन

    सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन


    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन गरेकी छन्।

    सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा सञ्चालनमा ल्याइएको बिक्री कक्षबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्य सामग्री तुलनात्मक रूपमा सुलभ मूल्यमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वार्षिकोत्सवको अवसरमा सञ्चालनमा ल्याइएको उक्त बिक्री कक्षमा करिब १२४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री बिक्रीका लागि राखिएको छ।

    बजारमा खाद्यवस्तुको मूल्यमा हुने अस्वाभाविक वृद्धि नियन्त्रण गर्दै उपभोक्तामाथिको आर्थिक भार कम गर्ने उद्देश्यले बिक्री कक्ष सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। सरकारी स्वामित्वको कम्पनीमार्फत गुणस्तरीय तथा आवश्यक खाद्य सामग्री सहज र सुलभ मूल्यमा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

    उद्घाटन कार्यक्रममा मन्त्री यादवले उपभोक्तालाई सहज, गुणस्तरीय र सुलभ मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइन्।

    सिंहदरबारको केन्द्रमै बिक्री कक्ष सञ्चालनमा आएपछि मन्त्रालयमा आउने कर्मचारी, सेवाग्राही तथा आसपासका उपभोक्ताले समेत दैनिक आवश्यकताका खाद्य सामग्री सहज रूपमा खरिद गर्न सक्ने अपेक्षा गरिएको छ।

    सरकारी निकायबाट सञ्चालित बिक्री केन्द्रले बजारमा मूल्य नियन्त्रण तथा उपभोक्तालाई राहत दिने सरकारी प्रयासलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT