Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २४ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारसिँचाइका रुग्ण ठेक्का तोड्न सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै

    सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै


    काठमाडौं । सरकारले सिंचाइतर्फका रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ ।यसैबीच बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया—५सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ ।

    आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७÷७८मा ठेक्का सम्झौता गरेको थियो ।

    ६वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

    आयोजनाले पटक—पटक सूचना प्रकाशन गर्दासमेत सम्झौता बमोजिम काम सुरु नगरी बीचैमा छोडी ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्नेतर्फ कुनै  चासो नदिएको जनाएको छ ।ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनुनपर्ने कुनै ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित सम्बन्धित आधिकारिक व्यक्ति आयोजना कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको छ ।

    पेस गरिएका प्रमाण नियमसङ्गत भरपर्दो वा चित्त बुझ्दो नभएमा सम्झौता र सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम कार्यसम्पादन जमानत तथा धरौटी बापत राखिएको रकम जफत र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नेछ ।  सिँचाइ विभागअन्तर्गत राष्ट्रिय गौरबका भेरी बबई तथा सुनकोशी मरिण वहुउद्देश्यीयसहित २५ आयोजनाका ठेक्का रुग्ण छन् । त्यसमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश

    काठमाडौं ।  विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा

    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

    काठमाडौं।समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्।आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

    काँग्रेसका साँसदहरुद्धारा प्रतिनिधिसभा पुर्नस्थापनाको माग गरिएको रीट निवेदन दर्ता

    काठमाडौं।नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ।दुई दिन अघि नै पेस भएको रिटलाई

    भ्रष्टाचारविरुद्ध कठोर हुने र धम्कीबाट नडराउँने प्रधानमन्त्री कार्कीको भनाई

    काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन् ।उनले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम

    एमालेको ११औं महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी…

    काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनका लागि  महाधिवेशनमा २ हजार ६ सय १३ जना प्रतिनिधि सहभागी हुनेछन् ।एमालेको महाधिवेशन बन्द

    कस्तो रहला आजको मौसम ?

    काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ ।जल तथा मौसम विज्ञान

    Techie IT