साहित्यकार मानसाग्निको ‘चैतन्यबोध’ लोकार्पण
काठमाडौं। कवि, साहित्यकार तथा प्राकृतिक चिकित्सक मानसाग्नि (डा.हरिप्रसाद पोखरेल)को पहिलो निबन्धकृति ‘चैतन्यबोध’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. कुमारप्रसाद कोइराला, प्रा.डा. हेमचन्द्र नेपाल, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, निबन्धकार मोमिलालगायतले कृति लोकार्पण गरे ।
कार्यक्रममा प्रा.डा.भट्टराईले पूर्वीय दर्शन, वेद वेदाङलाई पठनीय निबन्धका रूपमा यस निबन्ध संग्रहमा प्रस्तुत गरिएको बताए ।
उनले यस कृतिले पूर्वीय चेतनालाई प्रकाशमा ल्याएकोमा खुसी व्यक्त गर्दै रसपूर्ण पुस्तक भएको उल्लेख गरे ।
समालोचक महेश पौड्यालको उद्घोषण रहेको उक्त समारोहमा प्रा.डा.हेमचन्द्र नेपालले कृतिमाथि पाठकीय मन्तव्य राख्दै निबन्धकृतिमा दार्शनिक निबन्धहरूको सँगालो भएको बताए । यस कृतिमा वैचारिक शक्तिसहित सूक्तिमयता प्रशस्त रहेको चर्चा गरे ।
प्रा.डा.गौतमले यस कृतिका निबन्धहरूले आफूलाई चिन्न मद्दत पुर्याउने बताए भने निबन्धकार मोमिलाले दर्शनको गहिराइसॅंगै निबन्धकलाको पनि सुन्दर संयोजन रहेको यस्ता कृतिहरू मानसाग्निबाट अझ सुन्दर ढङ्गले पाठकमाझ आइरहनु पर्ने बताए।
उक्त अवसरमा प्रा.डा. कोइरालाले पूर्वीय दर्शन अध्ययन गर्न चाहनेहरूका लागि एउटा उत्कृष्ट पुस्तक बजारमा आएको भन्दै कृतिमाथि आफ्नो धारणा राखे ।
कृतिकार मानसाग्निले कविताबाहेक अरू लेख्दिनॅं भन्दाभन्दै पनि निबन्धकार मोमिलाको प्रेरणाले यो कृति आएको स्वीकार गरे ।मानसाग्निका कवितालगायत विभिन्न विधाका गरी ४० बढी पुस्तक प्रकाशित छन् ।
निबन्धकृति पेज टर्नर प्रा.लि.ले बजारमा ल्याएको हो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस
- २ बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त
- ३ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न
- ४ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- ५ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ६ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ७ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

तपाईको प्रतिक्रिया दिनुहोस