Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २९ सोमबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियसाल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२ औं वार्षिकोत्सव

    साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२ औं वार्षिकोत्सव


    काठमाडौँ/२७ भदौ , उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडवाडमा दुर्गम क्षेत्रमा अत्यावश्यक वस्तुको अभाव हुन नदिने गरी सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराइने बताउनुभएको छ ।

    बिहीबार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिन थप योजना, व्यावसायिकता वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले साल्ट ट्रेडिङ कर्पोरेशनको व्यावसायिकता विस्तार गर्ने र अझ सेवा प्रवाहमा सहज गर्ने कुरामा मन्त्रालयले आवश्यक योजना बनाइरहेको जानकारी दिनुभयो ।

    मन्त्री भण्डारीले सरकारले मन्त्रिपरिषद्को बैठकबाट चिनीको आपूर्ति सहज बनाउन ५० प्रतिशत भन्सार छुट दिएको बताउनुभयो । उहाँले असोजको ७ गतेबाट सुपथ मूल्यका पसलहरु देशभर ४२ वटा जिल्लामा सञ्चालन हुने जानकारी दिनुभयो ।

    उहाँले चामल, दालमा पाँच रुपियाँ छुट दिने र चिनीमा अहिलेको बजारभाउ १०७ रहेको र घटाउने योजना बनाइरहेको बताउनुभयो । कृत्रिम अभाव सिर्जना गर्न नदिने पनि दाबी गर्नुभयो ।

    चिनी, दाल, चिउरा, नुन, मैदालगायतका अत्यावश्यक वस्तुमा मूल्य समायोजन गरी आम उपभोक्तालाई सहज रुपमा गुणस्तरीय वस्तु उपलब्ध गराउने सरकारको उद्देश्य रहेको बताउनुभयो ।

    ‘‘दुर्गम क्षेत्रमा अहिले अभाव हुन नदिने गरी सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराएको छ । अहिलेका अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिन थप योजना, व्यावसायिकता वृद्धि गर्न आवश्यक छ । यसको व्यावसायिकता विस्तार गर्ने र यसले अझ सेवा प्रवाहमा सहज गर्ने कुरामा मन्त्रालय अवश्यक हेर्नेछ । सरकारले चिनीको आपूर्ति सहज बनाउन ५० प्रतिशत भन्सार छुट दिएका छौँ । अलि चाँडै उपलब्ध गराउनका लागि हो । यसमा सरकारले विश्वास गरेरै दिएको हो । चाडपर्वलाई ध्यानमा राखेर सुपथ मूल्यका पसलहरुमा खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ दुवैलाई मन्त्रालयले जिम्मेवारी दिएको छ ।,’’ मन्त्री भण्डारीले भन्नुभयो, ‘‘त्यसमा ७ गतेबाट सुपथ मूल्यका पसलहरु देशभर ४२ वटा जिल्लामा सञ्चालन हुनेछ । चामल पाँच रुपियाँ मूल्य घटाउने, चिनी, दाल, चिउरा, नुन, मैदालगायतका अत्यावश्यक वस्तुमा मूल्य समायोजन गरी आम उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउने, गुणस्तरीय वस्तु उपलब्ध गराउने, त्यसको सहज आपूर्ति गराउन ध्यान दिनेछौँ ।’’

    मन्त्री भण्डारीले अत्यावश्यक वस्तुको सहज उपलब्धताको सुनिश्चितता सरकारले गर्ने बताउनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    काठमाडौंमा ग्यास सहज रूपमा बिक्री गर्न प्रशासनको निर्देशन

    काठमाडौं । काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन

    रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म…

    काठमाडौँ ।  रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित

    आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज

    काठमाडौं । हिन्दू नारीहरूको प्रमुख पर्व हरितालिका (तीज) आज दर खाएसँगै औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज

    जलवायु परिवर्तन, हिमतालको जोखिम र उठाउनु पर्ने आवाज

    शोभाखर भण्डारी नेपाल विश्वका ती देशहरूमध्ये एक हो, जसले जलवायु परिवर्तनको समस्या सिर्जना गर्न अत्यन्त न्यून योगदान दिएको छ, तर

    त्रिशूलीमा पुल बगेपछि ह्युम पाइप राखेर अस्थायी आवतजावत सञ्चालन गरिने

    नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुल बगाएपछि त्रिशूली बजार क्षेत्रमा नदी वारपार गर्न भइरहेको समस्या तत्काल समाधान

    बाढीपछिको खोज तथा उद्धारबारे प्रधानमन्त्री शाह र न्युजील्यान्डका प्रधानमन्त्रीबीच टेलिफोन…

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच भोटेकोशी बाढीपछिको अवस्थाबारे टेलिफोन वार्ता भएको छ। वार्तामा प्रधानमन्त्री शाहले

    Techie IT