सार्वजनिक यातायातको भाडा पुनः ५ प्रतिशत वृद्धि
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। सार्वजनिक यात्रुवाहक सवारी, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा दरमा पाँच–पाँच प्रतिशतले वृद्धि गरिएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वैशाख १२ गतेको निर्णयअनुसार बुधबारदेखि लागू हुने गरी दुई वा दुईभन्दा बढी प्रदेश जोड्ने राष्ट्रिय स्तरका रुटमा सञ्चालन हुने विद्युतीय सवारी बाहेकका सार्वजनिक यातायातमा नयाँ भाडादर लागू गरिएको मन्त्रालयले जनाएको छ।
यसअघि पनि सरकारले चैत २५ गते सार्वजनिक यातायातको भाडा वृद्धि गरेको थियो। लगातारको भाडा वृद्धिले सर्वसाधारण यात्रुमा थप आर्थिक भार परेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू
- ७ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस