साम्राज्ञीले गरिन् प्रेमीसँग इन्गेजमेन्ट
काठमाडौँ । अभिनेत्री साम्राज्ञी आरएल शाह विवाह बन्धनमा बाँधिने भएकी छन् । मंगलबार आफ्नो जन्मदिन मनाइरहेकी उनले सोमबार प्रेमीसँग इन्गेजमेन्ट गरेकी हुन् । सामाजिक सञ्जालमा इन्गेजमेन्टका तस्वीरहरू सार्बजनिक गर्दै उनले नयाँ जीवनको सुरुवात गर्न लागेको जानकारी दिएकी हुन् ।
सामाजिक सञ्जालमा इन्गेजमेन्टका तस्वीरहरू शेयर गर्दै उनले नयाँ जीवनको सुरुवातको जानकारी दिएकी छन्। तर, प्रेमीको नाम भने सार्वजनिक गरिनन्। प्रेमीको प्रशंसा गर्दै उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘जसका लागि मैले प्रार्थना गरेकी थिएँ ।
मेरो भाषा बोल्न सक्ने शान्त आत्मा, म तपाईंप्रति यति आभारी छु कि त्यो शब्दहरूभन्दा बाहिर छ । जब तिम्रा आँखा मेरा आँखामा पर्छन्, त्यहाँ एउटा विशेष जादू हुन्छ, एक मौन कुराकानी जसले धेरै कुरा बोल्छ । मेरो हात यति बलियोसँग समातेकोमा धन्यवाद, यो छुट्ने छैन ।’ साम्राज्ञीले आफ्नो अभिनय यात्रा फिल्म ड्रिम्स बाट सुरु गरेकी थिइन्। त्यसपछि उनले ए मेरो हजुर-२, *इन्टु मिन्टु लण्डन, तिमीसँग, मारुनी, ह्यारी कि प्यारी जस्ता फिल्महरूमा अभिनय गरेकी छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ३ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ४ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ५ सर्वपक्षीय बैठक बस्दै
- ६ एनपीएलको प्लेअफमा पुगे यी चार टिम, चार बाहिरिए
- ७ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन

तपाईको प्रतिक्रिया दिनुहोस