Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ प्रदेश ∕ बाग्मती ∕ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो

    सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो


    रामचन्द्र दुलाल
    काठमाडौँ, असोज ९ । इन्द्रजात्रा पर्वको अवसरमा सामुदायिक सेवा समाजअन्तर्गत रहेको सामुदायिक योग समूहले शुक्रबार गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
    काठमाडौँ महानगरपालिका वडा नं. ७ कुमारीगाल–मैजुबहालस्थित सामुदायिक भवनको योग हलमा आयोजित एक कार्यक्रमबिच उक्त विशेष कार्यक्रम सम्पन्न गरिएको हो ।

    गाईजात्रा विशेष कार्यक्रममा योग समूहमा आबद्ध करिब ५० जना व्यक्तिले हाँस्यव्यङ्ग, प्रर्दशन, अभिनय, गीत, कविता तथा चुट्किला र जीवनउपयोगी अनुभूतिहरू समेत प्रस्तुत गरिएको थियो ।
    प्रतियोगितात्मक प्रस्तुतीका निर्णायक समूहमा नारायणी नेपाल, मधुसूदन ढुङ्गेल र डम्बरुबल्लभ घिमिरे रहनुभएको थियो । प्रतियोगितामा विष्णु पौडेल(प्रथम), शोभना क्षेत्री(द्वितीय), पार्वती उपाध्याय (तृतीय) र कल्पना पनेरु र रेणु गिरीले (सान्त्वना) पुरस्कार प्राप्त गर्नुभएको थियो ।
    सहभागिहरूको प्रस्तुती समसामयिक र यथार्थपरक रहेको धारणा राख्दै सामुदायिक योग समूहकी प्रमुख प्रशिक्षक सुनिता शर्मा अर्यालले सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।


    सामुदायिक योग समूहले विगत अढाइ वर्षदेखि बिहान ५ः०० बजेदेखि ६ः३० बजेसम्म निरन्तररुपमा योगाभ्यास सञ्चालन गरिरहेको छ । यसको अतिरिक्त समूहको पहलमा सामाजिक पर्व तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको जानकारी सामुदायिक सेवा समाजका कोषाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले दिनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक

    भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ

    काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा

    ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा तत्काल ठोस कदम चाल्न सरकारलाई…

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्लो अविरल वर्षाका कारण

    महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडियो

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान महाकाली नदीमा

    Techie IT