Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारसामाजिक सदभाव कायम राख्न प्रभु साहको अपिल

    सामाजिक सदभाव कायम राख्न प्रभु साहको अपिल


    रौतहट, ९ फागुन । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं रौतहट क्षेत्र नं. ३ का उम्मेदवार प्रभु साहले गौर नगरपालिकामा देखिएको सामुदायिक तनावप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सदभाव कायम राख्न सबैमा अपिल गरेका छन् ।

    रौतहटको कटहरियामा आज (शनिबार) सञ्चारकर्मीसंग कुराकानी गर्दै अध्यक्ष साहले एकअर्काको सहअस्तित्व स्वीकार गर्दै समाज विकासका लागि मिलेर बढनुको विकल्प नभएको बताए ।

    रौतहटको सबगढा सहितका क्षेत्रमा हिन्दु र मुस्लिम समुदायकाबीचमा देखिएको जातिय तनावले जनजिवन अस्तव्यस्त भएको छ । स्थानीय प्रशासनले कफर््यू समेत जारी गरेको छ । हिन्दु र मुस्लिम समुदायका बीचमा बढदै गएको तनावले सर्वसधारणको जनजिवन प्रभावित भइरहेका बेला आजपा अध्यक्ष साहले सर्वकल्याण र एकअर्काको सहअस्तित्व स्वीकार गर्दै सामाजिक सदभाव कायम राख्न आग्रह गरेका छन् ।

    ‘हामी हिन्दु, मुस्लिम बर्षौदेखी एउटै समाजमा मिलेर बस्दै आएका छौं । जातिय द्धन्द्धले समाजलाई नै क्षति हुन्छ । सामाजिक सदभाव कायम राख्दै सर्वकल्याण तथा सहअस्तित्व स्वीकार्दै हाम्रो गाउँघर, समाज, जिल्लाको विकासका लागि मिलेर अगाडी बढनुको विकल्प छैन,’ आजपा अध्यक्ष साहले भने ।

    एकअर्काको धर्म, संस्कृति एवं चाडपर्वको सम्मान गर्दै मानव कल्याणका लागि मिलेर अगाडी बढनुपर्ने समय र अवस्थामा जातिय द्धन्द्ध फैलाउनु वा जातिय बिषयलाई लिएर द्धन्द्ध सृजना गर्नु समाजको हितविपरित रहेका सामाजिक सदभाव कायम राख्न उनले सबैमा अपिल गरेका छन् ।

    स्थानीय स्तरमा देखिएका द्धन्द्धलाई छलफल, सम्बाद एवं आपसी सहमतीमा समाधान गर्दै मानवकल्याण एवं विकासका लागि हिन्दु, मुस्लिम सहित सबै धर्मावलम्बीहरु एकजुट हुनु अहिलेको आवश्यक्ता रहेको आजपा अध्यक्ष साहले बताए । साथै उनले शान्ति, सुरक्षा कायम राख्न प्रहरी प्रशासनले समेत सचेत भएर अगाडी बढनुपर्ने सुझाव दिएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    श्रद्धा–भक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको

    Techie IT